लायन्स क्लब अफबागलुङ कालिगण्डकीले लायन वर्ष २०२५ र २६ का लागि नयाँ नेतृत्व चयन

-


     हिडन खबर    
     चैत्र १३ गते २०८१ मा प्रकाशित


बागलुङ चैत्र १४

लायन्स क्लब अफबागलुङ कालिगण्डकीले लायन वर्ष २०२५ र२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ। बुधबार सम्पन्न कार्यक्रममा लायन वर्ष २०२५ र २६ को अध्यक्षमा लखन थापा चयन हुने भएको छ ।

क्लबको प्रथम उपाध्यक्षमा सञ्जय श्रेष्ठ, द्वितीय उपाध्यक्षमा प्रकाश केसी र तृतीय ध्रुर्व खड्का सचिवमा सुवास आचार्य, कोषाध्यक्षमा सपना पन्त र सह कोषाध्यक्षमा प्रकाश कँवर चयन हुनु भएको छ ।

क्लवको अन्य पदका सदस्यहरु भने पछि चयन गरिने जनाइएको वर्ष २०२३ र २४ का अध्यक्ष सुवास पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल रिलेशन चिफ काजिमान गुरुङ, डिस्ट्रिक्ट कोडिनेटर दुर्गा कुँवर, डिस्ट्रिक्ट कोडिनेटर पार्वती अधिकारी, डिस्ट्रिक्ट को चिफ लायन कविता वस्नेत, क्लवका चार्टर प्रेसिडेन्ट तथा डिस्ट्रिक्ट को चिफ अनुप रिजाल, रिजन चियरपर्सन नारायण आचार्य लगाएतले शुभकामनम मन्तव्य व्यक्त गर्नु भएको थियो l नव निर्वाचित अध्यक्ष लखन थापाले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो । क्लवका वर्ष २०२३ र २४ का कोषाध्यक्ष सुवास आचार्यले संचालन गर्नु भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष सञ्जय श्रेष्ठले गर्नु भएको थियो ।