
बागलुङ चैत्र १४
लायन्स क्लव अफ बागलुङ कालिगण्डकीले बागलुङ नगरपालिका ४ निर्यघाटमा रहेको रामानुज आश्रमलाई वृद्ध सहायता सामाग्री हस्तान्तरण गरेको छ ।
क्लवले आश्रमका वृद्ध वृद्धाहरुको लागि लठ्ठी, छाता, लाईट, टोपी, आटा लगाएतका खाद्यान्न सहयोग गरेको हो । आश्रममा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल रिलेशन चिफ काजिमान गुरुङले, क्लवका चार्टर प्रेसिडेन्ट तथा डिस्ट्रिक्ट को चिफ अनुप रिजाल, रिजन चियरपर्सन नारायण आचार्य लगाएतले आश्रमका प्रमुख पुरुषोत्तम आचार्यलाई हस्तान्त्रण गर्नु भएको थियो ।
लायन्स इन्टरनेशनल रिलेशन चिफ काजिमान गुरुङले सामाजिक सेवाको क्षेत्रमा लायन्स क्लवले ठुलो सहयोग पु¥याएको बताउनु भयो । लायन्स क्लबहरुले अग्रसरताका साथ सामाजिक कार्यहरु गरि लायन्सको मूलमन्त्रलाई आत्मसात गर्दै अगाडी बढेको बताउनु भयो। कार्यक्रममा आश्रमका प्रमुख पुरुषोत्तम आचार्यले सहयोले आश्रममा आश्रीत जेष्ठ नागरिकको दैनिक जिवनमा सहजताले ल्याउने बताउनु भयो ।
आफन्त नभएका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम आश्रयस्थल बनेकोले आश्रमको आवश्यकतालाई हेरेर सहयोग गरेको क्लवका अध्यक्ष सुवास पन्तले बताउनु भयो ।कार्यक्रम कोषाध्यक्ष सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।













