
काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार शहरीकरणकाे चुनाैती सामना गर्दै त्यसकाे व्यवस्थापन गर्न तयार रहेकाे बताउनुभएकाे छ ।
नीति प्रतिष्ठानकाे आयाेजनामा बुधबार ललितपुरमा आयाेजित शहरी शासन र विकास सम्बन्धी कार्यक्रममा सम्बधाेन गर्नुहुँदै उहाँले सरकार शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गर्न प्रतिबद्ध रहेको बताउनुभएकाे हाे । उहाँले अहिले शहरी विकास मन्त्रालयकाे एजेन्डा आधारभूत सेवामा सबैको पहुँच पुर्याउनु रहेकाे बताउनुभयाे ।
नेपालले पनि अन्य देशहरु जस्तै तीव्र शहरीकरणको बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको छ । यद्यपी सरकार यो सबै चुनौतीहरुको सामना गर्न र यसलाई व्यवस्थापन गर्न एकदमै प्रतिबद्ध छ ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे । उहाँले शहरी विकास मन्त्रालयकाे मुख्य प्राथमिकता अर्थतन्त्रमा आधारित शहर निर्माण गर्नु रहेकाे पनस बताउनुभयाे ।
`जहाँ सबैजनाको आधारभूत सेवाको पहुँच हुन्छ । यसको साथै सुरक्षित आवास, स्वच्छ वातावरण, सामाजिक र आर्थिक गतिविधिको अवसर पनि प्राप्त गर्न सकिन्छ । यो योजना पूर्वाधार विकासको लागि मात्र होईन् स्थिर समुदाय विकास गर्नको लागि हो जहाँ सबैले जीवनको आवश्यकता पूरा गर्ने मौका पाउने छन् ,’ सिंहले भन्नुभयाे । शहरीकरणको चुनौतीहरु सम्बोधन गर्नका लागी नै नेपालको राष्ट्रिय शहरी नीति २०२४ आएकाे पनि बताउनुभयाे











