समाचार

अझै सुरु भएन बागलुङ नगरपालिकामा मतगणना

बागलुङ नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । शुक्रबार भएको निर्वाचनमा बागलुङ नगरपालिका वडा नम्वर ११ रायडाँडामा धादलि भएको भन्दै नेकपा एमालेले विरोध गरेका कारण मतगणना सुरु हुन नसकेको हो । नेकपा एमालेले रायडाडाको मतदान केन्द्र क मा फर्जिमत परेको आरोप लगाउदै पून मतदानको माग गरेको कारण सर्वदलीय बैठक नै बस्न सकेको छैन । बिहान ८ बजे सर्वदलीय बैठक भने पनि बैठक १० बजेलाई सारिएको छ ।फर्जि मत परेको आफुहरुसँग भिडियो समेत रहेकोले त्यहा पून मतदान हुनुपर्ने पार्टीको माग… पुरा पढौ

बागलुङको गलकोट नगरपालिकामा कांग्रेसको अग्रता

गलकोट नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुदिलाभाटी र रिघाको पहिलो चरणको परिणाममा नेपाली कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर सुरुआती अग्रता लिएका छन् । यस्तै एमालेका पूर्णबहादुर काउचाले ३ सय ५० , स्वतन्त्र मञ्जु शर्माले १५९ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका फमलाल निउरे ४ सय ९४, एमालेका रुपा विकले ३ सय ६५, स्वतन्त्र उम्मेदवार तिलक उप्रेतीले ५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गलकोटले जनाएको छ । पुरा पढौ

गलकोट नगरपालिका: ६१० मतगणनामा गठवन्धनको अग्रता

गलकोट नगरपालिकामा गठबन्धनले सुरुवाती अग्रता लिएको छ । ६ सय १० मत गणना गर्दा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार भरत शर्मा गैरेले २६९ मत ल्याएका छन् । यस्तै पूर्णबहादुर काउचा (सुर्य) १०५, स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा (मुढा) ९९, हलोमा १ र गुलाव फुलमा २ मत प्राप्त भएको छ । उपमेयरमा गठबन्धनका फमलाल निउरे (हँसिया हथौडा) २४४, रुपा विक (सुर्य) १२०, तिलक उप्रेती (मुढा) ४२ प्राप्त भएकाे गलकोट नगरपालिका निर्वाचन अधिकृत नेत्र प्रसाद भुसालले जनाएको दिनुभएको छ । पुरा पढौ

बागलुङकाे १० वटा स्थानीय तहमा ५५ प्रतिशत मत खस्याे

बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म भएको मतदानमा ५५ प्रतिशत मत खसालेकाे मुख्य निर्वाचन अधिकृत बासुदेव न्याैपानेले बताउनुभयो । बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,जैमिनी नगरपालिका र ढाेरपाटन नगरपालिका बडीगाड गाउँपालिका ,काठेखाेला गाउँपालिका ,ताराखाेला गाउँपालिका ,तमानखाेला गाउँपालिका ,निसीखाेला गाउँपालिका ,र बरेङ गाउँ पालिकामाशुक्रबार बिहान ७/१५ बजेदेखि शुरूवात भएको मतदानमा दिउँसोसम्म 55 प्रतिशत मतदान भएको न्याैपानेले बताउनुभयो ।सदरमुकाममा भन्दा ग्रामीण क्षेत्रमा मतदान गर्ने मतदाता केही उत्साहित भएको देखिन्थे ।नयाँ मतदाता परिचयपत्र… पुरा पढौ

बागलुङका १०स्थानीय तहमा मतदान शुरू

स्थानीय तहमा नयाँ जनप्रतिनिधि छान्नको लागि बागलुङ जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा बिहान ७ बजेदेखि निर्वाचन शुरू भएको छ । बागलुङ सदरमुकाममा रहेको साबिकको धौलागिरिकै सबैभन्दा जेठो बागलुङ नगरपालिकामा शुक्रबार बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया शुरू भएको निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताउनुभयो ।बागलुङ नगरपालिकाका नगर प्रमुखका उमेदवार बसन्त कुमार श्रेष्ठको मतदाता नामवली भएको वडा नम्बर २ को बालमन्दिर आधारभूत बिद्यालय मतदान केन्द्रबाट मत खसालेर शुभारम्भ गरेका थिए । यस्तै अर्का मेयरका उम्मेदवार जनकराज पौडेलले सरस्वती सामुदायिक… पुरा पढौ

बागलुङ सदरमुकामको मतदान केन्द्र महिला अधिकृतले कमाण्ड गर्दै

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा बागलुङको एक मतदान केन्द्रको २ वटै वुथमा महिला निर्वाचन अधिकृतलाई निर्वाचन गराउने जिम्मेवारी दिएको छ । बागलुङका १० स्थानिय तहका ८२ वटा वडा मध्य सदरमुकाममा रहेको सवै भन्दा शक्तिशालि वडाको रुपमा रहेको वडा नम्वर २ को बालमन्दिर आधारभूत बिद्यालय मतदान केन्द्रमा महिला निर्वाचन अधिकृतलाई निर्वाचनको जिम्मेवारी दिइएको छ । केन्द्र क मा मदतान अधिककृतको रुपमा लोकसेवा कार्यलय बागलुङका कार्यलय प्रमुख खिमाकुमारी शर्मा र एक जना सहायक कर्मचारी महिलालाई खटाइएको छ भने ख केन्द्रमा घरेलु तथा… पुरा पढौ

बागलुङ नगरपालिकामा निर्वाचनको तयारी पूरा

बागलुङको सवै भन्दा जेठो नगरपालिका बागलुङ नगरपालिकामा शुक्तबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बागलुङ सदरमुकाममा रहेका मतदान केन्द्रहरूमा मतदान अधिकृत पुगेर मतदानको सबै तयारी पूरा गरेका हुन् । बागलुङ नगरपालिका वडा नम्बर २ बालमन्दिर मतदान केन्द्रमा बैशाख ३० गते हुने निर्वाचनमा मतदाताले सहजरूपमा मतदान गराउनको लागि सबै खालको तयारी पूरा भएको मतदान अधिकृत गोमा रिजालले बताउनुभयो । सदरमुकाममा रहेको बालमन्दिर आधारभूत बिद्यालय मतदान केन्द्रमा दुई जना महिला निर्वाचन अधिकृतलाई निर्वाचन गराउनेजिम्मेवारी दिएको छ । मतदान… पुरा पढौ

बागलुङमा स्थानीय तह निर्वाचनको सवै तयारी पुरा

। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको बागलुङमा सवै तयारी पुरा भएको छ ।बागलुङका जिल्लाका १० वटै स्थानिय तहमा मतपत्र पुर्‍याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटिइ सर्वललिय वैठक वसेर प्रतेक मतदान केन्द्रमा काम अगाढी वढाएको जनाईएको छ । मतदान अधिकृत लगायतको टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि बुधवारबाट मतदाता परिचयपत्र वितरण समेत थालेका छन् । मंगलबार राति १२ बजेदेखि शून्य समय सुरु भएकाले दलहरुले आफ्ना प्रचारका काम रोकेका छन् । जिल्लाका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी… पुरा पढौ

परिचय खुल्ने कागजात भए मतदान गर्ने पाउने

निर्वाचन आयोगले प्रकाशित गरेकोअन्तिम नामावलीमा नाम समावेश भएका मतदाताहरूले आफनो परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पाैडेलले बुधबार एक विज्ञप्ति प्रकाशित गरि बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा अन्तिम नामावलीमा नाम भएका मतदाताले आयोग बाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताकाे प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र ,राहदानी ,वा जग्गा धनीकाे सक्कल पुर्जाकाे आधारमा मतदान गर्न पाउने ब्यबस्था मिलाएको जनाएको छ । स्थानीय तहको निर्वाचनमा आयोगले जारी गरेको मतदाता परिचयपत्र नभए मतदान गर्न पाउने… पुरा पढौ

आँखा उपचारको हव बन्दै हिमाय आँखा अस्पताल पाेखरा

हिजोको दिनमा आँखाको सामान्य चेकजाँच देखि जटिल प्रकारको उपचारको लागि काठमाडौ जानुपर्ने समस्या भने केही बर्ष यता हटेर गएको छ । गण्डकी प्रदेशको राजधानी पाेखरामा हिमायन आँखा अस्पताल आँखाका बिरामीको उपचारको लागि राम्रो केन्द्र बनेपछि महंगो खर्च गरेर बाहिर जानुपर्ने झंझट हटेर गएको हाे । आँखाकाे सामान्य समस्या देखि जटिल प्रकारकाे उपचार गर्नुपर्ने बिरामीहरूकाे बिहानैदेखि अस्पतालमा चाप बढेर गएको छ ।धुवा धुलाे र वातावरणीय प्रभावका कारण आँखामा दिनप्रतिदिन नयाँ नयाँ समस्या देखा पर्दै गएपछि उपचारमा समेत नयाँ प्रविधि र प्रयोग… पुरा पढौ