क्षमता अभिबृद्वि तालिम

-


     हिडन खबर    
     भाद्र २० गते २०८० मा प्रकाशित


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङ  तथा  क्यानेडियन रेडक्रसको आयोजनामा समुदायमा आधारित वृहत स्वास्थ्य कार्यक्रम (CCBHP) बागलुङमा संचालन भएको छ ।

बागलुङ जिल्लाकाे काठेखोला गाउँपालिकाकाे धम्जा स्वास्थ्य चौकी र धम्जा स्वास्थ्य एकाईका स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलाई ३ दिने क्षमता अभिवृद्धी तालिम प्रदान गरिएको नेपाल रेडक्रस साेसाइटीका कार्यक्रम प्रमुख गाेकर्ण श्रेष्ठले बताए ।

नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेदियन रेडक्रस को सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य कार्यक्रम (CCBHP) को नियमित कार्यक्रम अन्तरगत काठेखोला गाउॅपालिका बागलुड० वडा नं १ सिलसिला आमा समुहमा वातावरण सरसफाइ, महिनावारी, झाडापखाला, डेंगु, ॲाखा पाक्ने रोग तथा अन्य स्वास्थ्य सम्वन्धी सचेतना मुलक कार्यक्रम गरेर समुदायमा आउने समस्या लाई स्थानीय स्तरबाटै समाधान गर्न मद्दत पुर्‍याउने कार्यक्रमकाे उदेश्य रहेको छ ।

क्यानेडियन रेडक्रसले विपत्तिमा कसरी स्वास्थ सेवा दिने भन्ने ज्ञान समेत तालिममा दिएको कारण केही गरेर बिपत्ति आएमा पनि स्वास्थ्य सेवा दिन सक्षम रहेको आयोजकले जनाएको छ ।