मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय संस्थाले नेपालमा आफ्नो ६१ आैं दिवस मनायो ।
मनै देखि सेवा भन्ने नारासाथ नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाको आयोजनामा ६१ आै रेडक्रस दिवस बिबिध कार्यक्रमका रेडक्रस दिवसको अवसरमा आयोजीत बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा बिजयी भएका बिद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यकाे अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांङ्गत बराल पुरस्कृत बिद्यार्थी सिम्रन सुवेदी रेडक्रसका उपसभापति राजेन्द्र आचार्य उपसभापति सीता शर्मा लगायतका बक्ताहरूलेमानवीय र सामाजिक क्षेत्रमा काम गर्ने रेडक्रसकाे महत्त्व दिनप्रतिदिन बढ्दै गइरहेको कारण यसमा बिद्यालयका बिद्यार्थीकाे आकर्षण थपिएको धारणा राखेका थिए ।
नेपाल रेडक्रसले आयोजना गरेको प्रभातफेरिमा विभिन्न बिद्यालयमा गठन भएका जुनियर रेडक्रस युवा रेडक्रसका करिव ५ सयजनाकाे सहभागिता रहेको थियोे ।
हाल नेपाल रेडक्रसका १ हजार ५ सय ३७ उपशाखा, ७७ जिल्ला शाखा, ७ वटा प्रदेश समिति र एक केन्द्रीय समिति छन् भने ४ हजार ५ सय ३ जुनियर सर्कल, समुदाय र उच्च शिक्षालायमा समेत गरी १ हजार ७ सय ५२ युवा सर्कल गरी ८ हजारभन्द बढी निकायहरूमा २ लाख २४ हजार बैधानिक वयस्क सदस्यहरू मूलतः उपशाखा तथा जिल्ला शाखामा र ८ लाख ५२ हजार जुनियर तथा युवा सदस्यहरू विभिन्न शैक्षिक संस्थाहरूमा आबद्ध छन् ।














