समाचार

चर्चित गायिका एलिना चाैहान अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकाे तिन सातापछि श्रीमान विष्णु सापकोटासँग आज अस्ट्रेलिया प्रस्थान गर्नु भएको छ । बागलुङ नगरपालिका हाल अस्ट्रेलिया बस्दै आएका युवा ब्यवसायी बिष्णु सापकोटा संग विवाह बन्धनमा बाधिनु भएका चर्चित गायीका एलिना आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट अस्ट्रेलिया तर्फ जानु भएकोपारिवारिक स्राेतले जनाएको छ । धाेकेबाज हाै भन्ने गित गाएर चर्चामा आएका गायिका चाैहान सापकोटा संग प्रेम भएपछि बैशाखकाे पहिलो साताधुमधामका साथ विवाह भएको थियोे । बिवाहा लगत्तै गायिका चाैहान नेपाल कै प्रसिद्धि… पुरा पढौ

देश र जनताका हितमा सरकारले एतिहासिक काम ?

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताउनुभयो । “मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा कामहरू मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा कामहरू मात्रै गर्न निर्देशित गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस अवधिमा सरकारबाट भएका कामहरूलाई हेर्ने हो… पुरा पढौ

प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताउनुभयो । “प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौँ र उपभोगको सहज वातावरण पनि बनाऔँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सँगसँगै मिथ्या सूचनाको बाढीलाई रोक्ने काम पनि गरौँ । असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित… पुरा पढौ

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारको हकहितका लागि सरकार सधैँ सकारात्मक रहेको र आगामी दिनमा पनि सोहीअनुसार अगाडि बढ्ने विश्वास दिलाउनुभयो । “सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्द्धन गर्ने नीति लिएको छ,” प्रधानमन्त्री… पुरा पढौ

बलेवाका आगलागी पीडितलाई बागलुङ कालिकाको सहयोग

बागलुङ-बागलुङको बलेवाका आगलागी पीडितलाई बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले राहत प्रदान गरेको छ । घरगोठसँगै खाद्यान्न र लत्ताकपडा जलेर बिचल्लीमा परेका बागलुङ नगरपालिका वडा नं. १२ डाँडाखेतका दुई परिवारका लागि गुठीले खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको कालीका गुठीले जनाएको छ । गुठीले २० पाथी चामल, २० थान कम्मल र केही कपडा सहयोग गरेको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । तत्कालै खाने र लाउने समस्या हुने भएकाले आपतकालिन अवस्था टार्नका लागि खाद्यान्न र लत्ताकपडा सहयोग गरिएको अध्यक्ष… पुरा पढौ

प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट

काठमाडौँ, २० वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र भारतका नियन्त्रक एवं महालेखापरीक्षक गिरीशचन्द्र मर्मुले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भारतका लेखापरीक्षणका विविध विषयहरूमा क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदानलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतको महालेखापरीक्षकको कार्यालयबीच हालै भएको सहयोग एवं अनुभव आदान–प्रदान गर्ने सहमतिबाट दुवै देशको सार्वजनिक लेखापरीक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । भारतका महालेखापरीक्षक मुर्मुले नेपालको… पुरा पढौ

बागलुङ बजारमा खानेपानीको हाहाकार, वितरण प्रणाली समेत प्रभावकारी हुन नसक्दा सकस

बागलुङ बजारमा खानेपानीको हाहाकार हुन थालेको छ। बागलुङ नगर खानेपानीले आवश्यकता भन्दा कम खानेपानीको आपूर्ति गर्दै आएको कारण बजारमा अहिले खानेपानीको हाहाकार नै भएको हो । बागलुङ बजारमा चौबीसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले निर्माण भएको जिल्लाकै ठूलो कैलमपोखरी लिफ्टिङ आयोजना आंशिक रुपमा संचालनमा आएपनि बजारको खानेपानी समस्या समाधान हुन सकेको छैन। सो आयोजना पूर्ण रूपमा संचालन गर्न समितिले ध्यान दिएको छैन । बजारमा खानेपानीको वितरण प्रणाली समेत प्रभावकारी हुन नसक्दा पानी अभाव हुने गरेको छ । कतिपय ठाउँमा… पुरा पढौ

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, ११ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्राउने तयारीका साथ सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिँदै नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।“व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपालमा विदेशी… पुरा पढौ

निमित्त कै भरमा बागलुङको निसी खाेला गाउँपालिकाहाकिम टिक्न नदिएपछि एमाले द्वारा तालाबन्दी

बागलुङ/बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतले नियुक्ति लिएर कार्यालयमा हाजिर भएको एकसाता नबित्दै सरुवा भएपछि नेकपा एमाले निसीखोला गाउँ कमिटि बागलुङले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा नियुक्ति लिएर गत बैशाख १२ गते गाउँ पालिकामा हाजिर भएका जीवन पुन मगर एकसाता नबित्दै सरुवा भएपछि एमाले निसीले आन्दोलन स्वरुप तालाबन्दी गरेको हो । यसअघि दुई जना प्रमुख प्रशासकिय अधिकृतलाई पालिका प्रमुख सूर्य बहादुर घर्तिले हाजिरै गर्न नदिई फिर्ता पठाएका थिए । वैशाख १२ गते निसीखोला… पुरा पढौ

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’

प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइवर सुरक्षासम्बन्धी कानुन निर्माण प्रक्रियामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दिनानुदिन बढ्दै गइरहेको साइवर अपराधसम्वन्धी घटनाहरू नियन्त्रण गरिने बताउनुभयो । “संवेदनशील प्रणालीहरूमाथिको अनधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत डाटा दुरूपयोगको विषयलाई प्रभावकारी रूपमा नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै नीति, कानुन र संरचना… पुरा पढौ