
पर्वतकाे जलजला गाउपालीका ७ धाईरीङकी ५५ बर्षिय गंगा दमाईकाे उपचारमा अार्थिक अभाव भएकाे छ ।
तल्लो पेट फुल्लिने, दुख्ने, श्वास फेर्न गार्हो भए पछि पोखरा पश्चिमाञ्चल अस्पतालमा चेक गरायपछि अस्पतालले पाठेघरको क्यान्सरको शंका गरेर बि.पि कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा रिफर गरियाे ।
बिरामिकाे अबस्था सिरीयस नदेखेपछि अस्पतालले भर्ना लिन मानेन बिरामीकाे परिवारले होटलमा बस्दै चेक गर्दे आएका छन् । अचानक गाराे भएपछी बिरामीलाई इमर्जेन्सीमा भर्ना गरियाे । नियमित उपचार हुँदै गए पछि
क्यान्सर भएकाे प्रमाणित भएपछि उपचार गर्न ठुलाे रकम लाग्ने र अाफ्नाे परिवार संग नभयकाे बिरामीकाे छाेरी अनिता परियारले जानकारी दिनु भयाे ।
श्रीमान बिरामी भयकाे धेरै दिन भएकाे छैन तर परिवारमा यति ठुलाे ब्रजपात भएकाे छ । यता बिरामी गंगा दमाईकाे छाेरी अनिता परियार निजि बाेर्डिङमा पढाएर परिवारकाे जाेहाे गर्दे आउनु भयकाे छ ।छाेरा खर्च जुटाउन छिमेकी मुलुक भारत गएका छन ।
मसङ्ग पोखरा सम्म पुग्ने भाडा बाहेक केही छैन बिरामीकाे छाेरी अनिता भन्छन् अब खर्च कसरी जुटाउने हामी जस्तो निम्न आर्थिक स्तर भएको मान्छेलाई महिनौ दिन सम्म रोग पत्ता लागेर पनि लागेको छैन भन्दै झुलाउने कहिले सम्म भन्दै आक्राेस समेत पाेख्नु भएकाे छ ।
अहिले बिरामी बि.पि कोइराला क्यान्सर अस्पतालकाे बेडमा मृत्यु संग लडि रहनु भयकाे छ ।यतीबेला आर्थिक सहयाेगका लागि देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाई दिदी बहिनी, विभिन्न संघ संस्था , स्थानिय निकाय, पत्रकार सबैलाई सहयाेग गर्न अनुराेध गर्नु भएकाे छ ।
Bank Name: NMB Bank Limited
Name: Anita Darji
Account Number: 121020094170012












