निजामती दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न

-


     हिडन खबर    
     भाद्र २२ गते २०८१ मा प्रकाशित


काठमाडौं / निजामती सेवा दिवस २०८१ बागलुङमा एक कार्यक्रम गरि मनाइयो । दिवसको अबसरमा बागलुङ जिल्लाभरका कार्यालयहरूमा सरसफाई तथा स्वच्छता सम्बन्धी सूचकहरुको आधारमा गरिएको छनौटमा स्वास्थ्य कार्यालय बागलुङ सर्वोत्कृष्ट हुन सफल भएको भन्दै प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।

निजामती दिवसको अवसरमा भाद्र १९ र २० गते भएको कर्मचारीहरुका बिचमा रुद्रेपिपल कभर्ड हल बागलुङमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता १८ टीमले भाग लिएकोमा रुद्र पराजुली ,श्याम कुमार थापा मगर,
उपबिजेतामा विजय थापा र खुमन श्रीस तृतीय स्थान कपिल घर्ती मगर ,सश छन्त्याल,भएका थिए ।

दिवसको अवसरमा धौलागिरी आयुर्वेद अस्पतालको योगहलमा योग शिविर सम्पन्न भएको थियो शिविरमा करिव ४० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियोे ।याेग शिविरको सहजीकरण तथा व्यवस्थापन धौलागिरी आयुर्वेद अस्पताल डा. सरोज पन्थी र डा. कमलबिक्रम पौडेलले गरेका थिए ।

जिल्ला स्थित सरकारी कार्यालय परिसर सरसफाई तथा सरसफाइका विभिन्न सूचकहरुका आधारमा स्वास्थ्य कार्यालय बागलुङलाई सर्वोत्कृष्ट घोषणा गरी मूल समारोहमा पुरस्कृत

दिवसको अवसरमा उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो
जिल्ला प्रशासन कार्यालय बागलुङमा कार्यरत नायव सुव्वा लाल प्रसाद शर्मालाई कार्यालयले उत्कृष्ट कर्मचारीको रुपमा नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

दिवसको अबसरमा कर्मचारीहरुको र्‍यालीले बजार परिक्रमा गरेकाे थियोे । प्रमुख जिल्ला अधिकारी श्रीमान् नेत्र प्रसाद सुवेदीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बागलुङको सभाहलमा मूल समारोह सम्पन्न भएको थियो ।