कलाकार र समाजसेवी अवार्ड बाट सम्मानीत

-


     हिडन खबर    
     भाद्र २३ गते २०८१ मा प्रकाशित


काठमाडौं/ तीज महाेत्सव तथा भारत नेपाल इन्टरनेशनल अवार्ड कार्यक्रम बाट कलाकार र समाजसेवी सम्मानित भएका छन् ।

शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकि माता कोलकाताको संयुक्त आयोजनामा भारत, सिकिम तथा नेपालबाट छनोट भएका उत्कृष्ट ब्यक्तीत्वहरुलाइ अवार्ड दिनुका साथै सामजिक क्षेत्रमा योगदान दिने महानुभाब हरुलाइ सम्मान गरियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कोलकाताका लगि नेपाली नायबमहाबाणिज्य दुत जनक राज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ अभिनेत्री बिपना थापा, साथै कोलकाताका विभिन्न नेपालि संघ सस्थाका ब्यक्तित्व रहेको तीज महोत्सव तथा अवार्ड कार्यक्रममा स्वस्थ्य, शिक्षा, सहित्य, चलचित्र, संगीत ,नृत्य, सामाजिक लगायतका बिधाहरुलाइ समेटियको थियो ।

अवार्ड बाट नृत्य निर्देशनक तथा मोडेल बेद बहादुर बुढाथोकी (रोशन) सम्मानित हुनुभएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागी भई थुप्रै सम्मान तथा अवार्ड प्राप्त गर्नु भएकाे छ र दर्जनौ  नेपाली लोक ,आधुनिक गित हरुमा मोड्लिङ गरिसक्नु भयको बुढाथोकी ले धेरै गितहरुको भिडियो निर्माण गरि निर्देश समेत गर्नु भयको छ ।

बिभिन्न देश बिदेशमा गयर स्टेज कार्यक्रमहरुमा आफ्नाे नृत्य प्रस्तुती दिनुभएकाे बुढाथोकी चलचित्र नृत्य संघ ,लोक दोहाेरी प्रतिस्ठान लगायत का संघ सस्थामा आबद्ध हुनुहुन्छ ।
गिता आधिकारिले संयोजन गरेको यस कार्यक्रममा नारायण रिजालले उपस्थिति तथा सहयोगि संघ सस्था हरुलाइ धन्यवाद दिदै नेपालि कला र सस्कृति लाइ बिश्व सामु चिनाउन यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताउनु भयो।

कार्यक्रममा  रोशन बुढाथोकी ,रेनुका रिजाल,बिनि लिम्बु, प्रतिज्ञा भण्डारी, लगायतको याक नृत्य, सुनुवार तथा राष्ट्रियता झल्काउने नृत्य प्रस्तुति गरिनुको थियाे । साथै सारिका घिमिरे, सन्तोशि सिंह र सरित थापा मगरको गायनले स्टेज तताएको थियो।