बागलुङको जैमिनीमा तीज गीत प्रतियोगिता सम्पन्न

-


     सुजन आचार्य     
     भाद्र २१ गते २०८१ मा प्रकाशित


बागलुङ ।नेपाली हिन्दु नारीहरूकाे महान चाड तीजको अवसरमा आयोजीत तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।जैमिनी नगरपालिका १ कुश्मीशेरामा तीज प्रतिगिता सम्पन्न भएको हाे ।।

कार्यक्रममा प्रमुख अथिति जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले तीजकाे शुभकामना दिनु भयकाे थियाे ।
नगरपालिका शिक्षा शाखा प्रमुख खेम आचार्य जैमिनि नगरपालिका बडा अध्यक्ष बिष्णु आचार्य लगायत बक्ताहरूले धारणा राख्नुभएको थियो ।

कार्यक्रम १० टिम सभागिता रहेको थियो। प्रतियोगितामा शान्ति माध्यमिक बिधालय प्रथम हिमालय बाेर्डिङ दृतीय स्थान र नगरपालिका कर्मचारी टिम तृतिय स्थान हासिल गरेकाे थियो । जैमिनि नगरपालिका कार्मचारी टिम भने सान्ताेना स्थान भृकुटि आमा समूह भयकाे थियो भएकाे थियो ।प्रथम दितिय तृतिय लाई प्रमाणपत्र नगद पुरस्कार प्रदान गरिएको थियो ।