समाचार

गाैशालामा डाेजर चलायाे काठमाडौं महानगरपालिकाले

काठमाडौ / काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनाइएको भौतिक संरचना भत्काउन शुरू गरेको छ । काठमाडौ महानगर प्रहरी बलले गौशाला चोकमा सडक किनार अतिक्रमण गरी बनाइएका घर, टहरा तथा पसलहरुमा आज बिहान डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घरटहरा भत्काइएको बताउनुभयो ।  महानगरले घरमा डोजर चलाएपछि त्यहाँ झडपको स्थिति बनेको थियो । त्यसक्रममा स्थानीयले सडकमा उत्रिएर महानगरविरुद्ध मेयर बालेन साह बिरूद्व चर्को नाराबाजीसमेत गरे ।  ‘गौशाला चोकका केही घरमा डोजर चलाइएको सडकमा परेका… पुरा पढौ

प्रमुख जिल्ला अधिकारी रिजालकाे बिदाइ

बागलुङ / जिल्ला प्रशासन कार्यालय, बागलुङबाट जिल्ला प्रशासन कार्यालय, बाँकेमा सरुवा भई जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजाललाई एक कार्यक्रम बिच विदाइ गरेको छ । बागलुङ जिल्लामा रहदा जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह र विकास निर्माण कार्यमा गर्नुभएको सहजीकरण साथै समग्र जिल्लाको जिल्ला सुरक्षा समितिको अध्यक्ष भई गर्नुभएको नेतृत्व सकारात्मक रहेको भन्दै आभार व्यक्त गर्दै बाँके जिल्लामा सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेका छन् । बाँके जिल्ला प्रशासन कार्यालयमा सरूवा हुनुभएका रिजाल आजै जिल्ला बाट आफ्नाे कार्यक्षेत्रमा… पुरा पढौ

दिलिसा भण्डारीलाई न्याय माग्दै बिद्यामन्दिर माध्यमिक बिद्यालयकाे माैन जुलुस

बागलुङ / विद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङमा व्यस्थापन समुहतर्फ कक्षा ११ मा अध्ययनरत दिलिसा भण्डारीको रहस्मय मृत्यु प्रकरण को छानविनको लागि विद्यालयले बागलुङ सदरमुकाममा दबाब मुलक शान्तिपूर्ण माैन जुलुस प्रदर्शन गरेको छ। जेठ १ गते रहस्यमय ढंगले मृत्युु भएको घटनाको निषपक्ष छानबिन गरेर घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गर्दैबिद्यालयबाट बिद्यार्थी ,बिद्यालय ब्यवस्थापन समिति,र शिक्षकहरूले दिलिसा भण्डारीको लागि न्याय माग्दै माैन जुलुस प्रदर्शन गरेको बिद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले बताउनुभयाे । ब्यानर प्लेकार्ड सहित निस्केको माैन जुलुसले बागलुङ बजार परिक्रमा गरेको थियो… पुरा पढौ

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपालकाे कन्फ्रेन्स सम्पन्न

बागलुङ / अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ के नेपाल अन्तर्गत कलष्टर नं ९ रिजन १९ जोन ३८,३९,४० को रिजन कन्फ्रेन्स तथा चौथो जोन मिटिङ सम्पन्न भएको छ । जिल्लामा रहेका ३ वटा जोन अन्र्तगतका रिजन र जोन चियर पर्सनको आयोजनामा मिटिङ सम्पन्न भएको हो । रिजन चेयर पर्सन केशव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब इन्टरनेसल डिष्ट्रिक ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाले आफूले वार्षिक कार्यक्रम अन्र्तगत ल्याएको महिलाको हात महिलालाई साथ कार्यक्रम सफल भएको भन्दै… पुरा पढौ

दिलिसा भण्डारीको मृत्यु बारे निषपक्ष छानवीन गर्न बिद्यामन्दिर माध्यमिक बिद्यालयकाे माग

बागलुङ / बिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङले एक विज्ञप्ति प्रकाशित गरि बिद्यामन्दिर माध्यमिक बिद्यालय कक्षा ११ मा अध्ययनरत छात्रा दिलिसा भण्डारीकाे रहस्यमय ढंगले मृत्यु भएको भनि सत्यतथ्य छानबिन गर्न अनुरोध गरेको छ । बिद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी र ब्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले हस्ताक्षर गरि प्रकाशित गरेको विज्ञप्तिमा भण्डारीको मृत्युुले बिद्यालय लाइ अपुरणिय क्षति पुगेको शिक्षा प्राप्त गरि सुन्दर भबिस्य निर्माण गर्ने सपना बाेकेर यस बिद्यालयमा अध्ययन गरिरहेका छात्राको रहस्यमय मृत्यु भएको घटनाको बास्तविक र सत्यतथ्य निषपक्ष छानबिन गर्न माग गरेको… पुरा पढौ

दिलिसा भण्डारी मृत्यु प्रकरण : फरेन्सिक विशेषज्ञ झिकाएर गरियो पोष्टमार्टम

बागलुङ। बागलुङको काठेखोला गाउँपालिका-वडा नम्बर १ खहरे घर भएकी दिलिसा (दिक्षा) भण्डारीको शवको फरेन्सिक मेडिसिन विज्ञ झिकाएर शनिबार पोष्टमार्टम गरिएको छ । १८ वर्षीय दिलिसाको संस्कापद मृत्यु भएको देखिएकोले पोखराको मणिपाल शिक्षण अस्पतालबाट आएका दुई जना फरेन्सिक विशेषज्ञ टोली झिकाएर धौलागिरि अस्पतालमा पोष्टमार्टम गरिएको हो । दुई जना विशेषज्ञ चिकित्सकले पोष्टमार्टम गरेको र उनीहरु आजै पोखरा फर्केको अस्पतालले जनाएको छ । भण्डारीको शव अझै माइती पक्षले बुझेको छैन् । पोष्टमार्टमा संलग्न चिकित्सकले पोष्टमार्टम रिपोर्ट आजै प्रहरीलाई  दिएको धौलागिरि अस्पताल मेडिकल… पुरा पढौ

जानकी तारमी मगरकाे सलल सार्वजानीक

लाेक तथा दाेहाेरी गायिका जानकी तारमी मगरकाे लाेश दाेहाेरी गित सलल सार्वजानीक भएकाे छ ।माया प्रेमकाे एक अन्तरभाबलाई टपक्क टिपेर युवा जाेडीकाे वास्तविक माया प्रेमलाई यथार्त झल्काईएकाे छ । गायक पशुपती शर्माकाे शब्द संगित गायिका जानकी तारमी मगर र स्वयम्ब पशुपती शर्माकाे अाबजमा रहेकाे गितमा जानकी तारामी मगर र पशुपती शर्मालाई मुख्य भुमिकामा देख्न सकिन्छ । माैसम हिमालीकाे निर्देशन ,बुद्व थापाकाे छाँयाङकन र मनाेज कार्कीकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे जानकी तारमी मगर अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ । पुरा पढौ

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री

काठमाडौँ, ५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताउनुभएको छ । नेकपा(माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गर्नुभयो । “प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भोलिसम्म सदनको अवरोध हट्ने छ ।” यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी… पुरा पढौ

सम्पदाले विद्यार्थीलाई सिकायो मानव अधिकार

कास्की / नवीन माध्यमिक विद्यालय पोखरा ४ गैह्रापाटनका विद्यार्थीलाई मानव अधिकारका आधारभूत पक्षबारे जानकारी दिइएको छ । नवीनका कक्षा ९ र १० का विद्यार्थीलाई राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत टंक खनालले मानवअधिकारको परिचय, त्यसका विश्वव्यापी मान्यता र नेपालको अवस्थाबारे जानकारी दिए । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले आयोजना गरेको कार्यक्रममा खनालले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र ऐनहरु अनुसार नागरिकले मानवअधिकारको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए । राष्ट्रिय सम्पदाकी उपाध्यक्ष निर्मला कोइरालाले पाठ्यक्रममा रहेको… पुरा पढौ

तीनजना प्रमुख जिल्ला अधिकारी हेरफेर बागलुङमा नेत्र सुवेदी

काठमाडौ / सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले आज शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै २ जिल्लाका प्रमुख जिल्ला अधिकारीमा नयाँ सहसचिव पठाएका हुन भने अर्को एक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेका हुन् । हेरफेर अनुसार गृहमन्त्रालयका सहसचिवद्वय नेत्रप्रसाद सुवेदी र केदारनाथ शर्मालाई क्रमशः बागलुङ र पर्वतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बागलुङका प्रजिअ खगेन्द्रप्रसाद रिजालको बाँकेमा सरुवा गरिएको छ । गृह मन्त्रालयले खगेन्द्र प्रसाद रिजाललाई झण्डै ८ महिना अघि बागलुङ… पुरा पढौ