बागलुङमा चट्याङ लागेर मृत्यु

-


     हिडन खबर    
     असाेज ५ गते २०८१ मा प्रकाशित



बागलुङ ,असाेज ५

बागलुङ जिल्लाकाे निसी खाेला गाउँ पालिका ३ मा एकजना ब्यक्तिकाे चट्याङ लागेर मृत्यु भएको छ ।

बागलुङ जिल्ला निसिखोला गा.पा.वडा नम्बर ३ किटनी बस्ने सुजन बुढाको श्रीमती बर्ष २४ की रजना बुढा आफ्नै घर भित्र बसिरहेको अवस्थामा अचानक चट्याङ परी घर भित्र नै मृत्यु भएको हाे ।

घटना घटेको लगत्तै इलाका प्रहरी कार्यालय झिवाखोला बाट प्रहरी हवल्दार केशब बुढाथोकीको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानकाे लागि इलाका प्रहरी कार्यालय बुर्तीबाङ बागलुङबाट प्र.नि आनन्द बस्नेतको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिई मृतकको घरमा निजको बर्ष २ की छोरी र सासु बस्ने गरेको निजहरु सकुसल रहेको,घरको बिजुलीको मिटर बक्स जलेको अवस्थामा पाएकाे प्रहरीले जनाएको छ ।