मेलीना र हेमन्तकाे दशै गित आउथ्थाे दशै सार्वजनिक

-


     हिडन खबर    
     असाेज २ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन

कास्की / तीज सकिए लगत्तै नेपाली गायक गायिकाहरु दशैं तिहार गीतको सृजनामा व्यस्त छन् । यसै क्रममा यही मेसाेमा गायक हेमन्त शर्माकाे यो दशैं तिहारलाई लक्षित गरेर नयाँ लोक दोहोरी आउथ्याे दशैं…’ बजारमा सार्वजानीक भएकाे छ । 

उनले यो गीतको भिडियो हेमन्त शर्मा अफिसियल युट्युव च्यानलबाट सार्वजानीक गरेका हुन् ।

यो गीतमा गायक हेमनत शर्मालाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । हेमन्त र मेलीनाको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ ।

गीतमा नेपालीहरूले मनाउने चाडपर्वकाे परम्परा संस्कार शैली र गरिवीकाे कारण प्रदेशीएका नेपालीहरू लाई याे बर्षकाे चाडमा नेपाल फर्किन अनुराेध गरिएकाे कुरा व्यक्त गरिएको छ ।

गायकद्वय हेमन्त शर्माकाे शब्द संगित संगीतमा रहेकाे गीतको भिडियो निर्देशन माैसम हिमालीले गरेका हुन् भने पवन सुस्लिङकाे छाँयाङकन र अमृत चापागाईकाे सम्पादनमा रहेकाे भिडियाेमा गायक शर्मा, रजनी गुरुङ, डाेना थापा मगर लालना चिमरिया, एलिश राई लगायतका चर्चित अनुहार देख्न सकिन्छ । हेमन्तकाे याे दशै गित भने पहिलाे हाे ।