बागलुङ / बिगतका वर्ष हरु जस्तै यस वर्ष पनि बागलुङको बुर्तिवाङ राईजिङ युवा क्लवले कोजाग्रत पुर्णिमा मेला आयोजना गर्ने भएको हो ।
कार्तिक १ गते देखि ७ गते सम्म आयोजना गरिने मेलामा विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता , खुल्ला सामुहिक नृत्य प्रतियोगिता , खुल्ला एकल नृत्य प्रतियोगिता पुरुष महिला रस्साकस्सी , पुरुष महिला छेलो , ओपन तेक्वान्डो च्याम्पियनशिप, भेट्रान भलिबल ,कृषि प्रदर्शनी र ख्यातिप्राप्त कलाकारहरूको प्रत्येक दिन सांस्कृतिक प्रस्तुती रहने अध्यक्ष मिथुन विश्वकर्माले बताए ।
२०६० साल मा स्थापना भएको यस क्लबले निरन्तर रुपमा हरेक वर्ष मेला तथा कार्यक्रम आयोजना गर्दै आईरहेको छ। सामजिक कार्यमा सक्रिय हुदै आइरहेको छ ।ढोरपाटन नगरपालिकाले मुख्य प्रायोजन गरेको यस मेला लाई ढोरपाटन निसिखोला पश्चिम रुकुम, बडिगाड गाउँपालिका ,गल्कोट नगरपालिका ,गुल्मि मुसिकोट नगरपालिका र तमानखोला गाउँपालिका स्थानिय प्रत्यक्ष मेलामा भाग लिन आउछन भने विश्व भर बाट निकै महत्वका साथ हेर्ने हुनाले छुट्टै महत्व रहेको छ ।