समाचार

खेलकुद बहुआयामिक सम्भावनायुक्त क्षेत्र

काठमाडौँ, २१ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताउनुभयो । “यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास,… पुरा पढौ

श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक : प्रधानमन्त्री

काठमाडौँ, २१ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकहरूको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सुशासनका कैयौँ मानकहरू स्थापित गर्न सरकार सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता, राहदानी, लाइसेन्स, विदेशमा अध्ययनका लागि लागि ‘नो अब्जेक्सन लेटर’ लगायतका सेवाहरूका लागि घण्टौंसम्म लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य गरिएको छ… पुरा पढौ

संविधानको प्रगतिशील कार्यान्वयनलाई जोड गरौँ : प्रधानमन्त्री

काठमाडौँ, २० चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ। ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माआवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो । “नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समावादी एवं देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिन्छ ।… पुरा पढौ

बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

बागलुङ / श्री कृष्ण आधरभुत बिधालय बागलुङले शिक्षक सेवा आयोगले लिएको आन्तरिक बढुवा लिखित र अन्तरबार्ता दुबैमा सफल भएका शिक्षकलाई सम्मान गरेको छ । बागलुङ जिल्ला बाट प्राथमिक तह दृत्तिय श्रेणीमा बढुवाको लागि सिफारिस हुनुभएका शिक्षक घनश्याम रिजाललाइबिद्यालयमा एक कार्यक्रम गरि सम्मान गरेको हाे । बिधालयमा कार्यरत शिक्षक कर्मचारीले एक कार्यक्रमको आयोजना गरि बिधालयका प्रधानाध्यापक दयाराम सापकोटाले अबिर र खादाले सम्मान गर्नुभएको थियोे । कार्यक्रममा सम्माननित हुनभएका शिक्षक घनश्याम रिजालले यो सफलता आफ्नो मात्र नभएर सम्पुर्ण बिधालय परिवारको गाैरब भएको… पुरा पढौ

स्थानीयले बुझाए बागलुङ नगरपालिकामा ध्यानाकर्षण पत्र 

बागलुङ / बागलुङ नगरपालिकाको भवन उदेश्य अनुरूपप्रयोग नभएको भन्दै जुन उदेश्यकाे लागि बनेको साेही अनुसार प्रयोग हुनुपर्ने भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् ।बागलुङ नगरपालिका वडा नम्बर ३ रातमाटामा बनेको  भवन जुन उद्देश्यको निम्ति बनेको हो सोही उद्देश्यको निम्ति नै प्रयोग भएर यसको सदुपयोगितामा ध्यान जाओस भनेर रातमाटा बिकास समाजसहित समग्र रातमाटा बासिहरुको तर्फबाट नगरपालिकाका उपमेयर राजु खड्कालाइ १०६ जनाको सामुहिक हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र बुझाएकाे बागलुङ नगरपालिका ३ का साेम शर्माले बताए । जनताको कर बाट निर्माण भएको नगरपालिकाकाे आफ्नो  भवन… पुरा पढौ

अमेरिकामा विद्युतीय गाडीको कानुनमा बागलुङका डा. सजग पौडेल

अमेरिकी सरकारको विद्युतीय गाडीहरूको मापदण्डको औपचारिक कानुनमा नेपाली युवाको अनुसन्धानलाई समावेश गरेको छ । अमेरिकी सरकारले गत साता ह्वाइट हाउसबाट शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्त गर्नको लागि सन २०२७ पश्चातका विद्युतीय गाडीहरूको मापदण्डको औपचारिक कानुन पारित गरेको हो । सो कानुन ल्याउँदा सम्बन्धित विषयका विज्ञबाट वैज्ञानिक पुष्टी हुने प्रमाणित शोधका रुपमा बागलुङ नगरपालिका-३ का डा.सजग पौडेलको अनुसन्धानलाई कानुनमा समावेश गरेको हो । विद्युतीय गाडीहरूको चार्जिङ स्टेशनहरू सम्बन्धित सरकारद्वारा प्रकाशित हजार पृष्ठ लामो कानुनको एउटा हिस्सामा वैज्ञानिक अध्ययन मध्य डा पौडेलको… पुरा पढौ

बागलुङ नगरपालिकाकाे भवन आफै प्रयोग गर्न स्थानीयले बुझाए ध्यानाकर्षण पत्र

बागलुङ / बागलुङ नगरपालिकाको भवन उदेश्य अनुरूपप्रयोग नभएको भन्दै जुन उदेश्यकाे लागि बनेको साेही अनुसार प्रयोग हुनुपर्ने भन्दै स्थानीयले ध्यानाकर्षण गराएका छन् । बागलुङ नगरपालिका वडा नम्बर ३ रातमाटामा बनेको भवन जुन उद्देश्यको निम्ति बनेको हो सोही उद्देश्यको निम्ति नै प्रयोग भएर यसको सदुपयोगितामा ध्यान जाओस भनेर रातमाटा बिकास समाजसहित समग्र रातमाटा बासिहरुको तर्फबाट नगरपालिकाका उपमेयर राजु खड्कालाइ १०६ जनाको सामुहिक हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र बुझाएकाे बागलुङ नगरपालिका ३ का साेम शर्माले बताए । जनताको कर बाट निर्माण भएको नगरपालिकाकाे आफ्नो… पुरा पढौ

बागलुङमा अटो दुर्घटना ५ जना घाइते, २ जनाको अवस्था गम्भीर

बागलुङ / बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । बागलुङ बजारदेखि दोविल्ला तर्फजाँदै गरेको ध १ ह ७५ नम्बरको अटोरिक्सा बागलुङ नगरपालिका-३ रातमाटामा दुर्घटना हुँदा अटोमा सवार ५ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा परी बागलुङ नगरपालिका-३ तातोपानी बस्ने बर्ष ४५ की रेवती किसान, वर्ष २४ की सम्झना किसान, वर्ष ५ की साचि किसान, वर्ष ६८ का रोहिणिदत्त शर्मा र कास्की जिल्लाको मादी गाउँपालिका-१२ बस्ने वर्ष ४८ का सन्त बहादुर परियार रहेको सुचना… पुरा पढौ

नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौँ, १८ काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्वन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘राजस्व चुहावट र अबैध व्यापारिक कारोवारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्। झुटा तथा नक्कली विल विजक र स्टिकरको… पुरा पढौ

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ : प्रधानमन्त्री

काठमाडौँ, १८ चैत : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताउनुभएको छ । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताउनुभयो । “पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्,” अध्यक्ष प्रचण्ड भन्नुभयो, “अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।” नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन… पुरा पढौ