ग्लोबल बैंक बागलुङका शाखा प्रबन्धक लाई ज्यान मार्ने धम्की

-


     हिडन खबर    
     असार १४ गते २०८१ मा प्रकाशित


बागलुङ / ग्लोबल आइएमी बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्मालाई पर्वत जिल्ला कुश्मा नगरपालिकाका ब्यवसायी रामकृष्ण मल्लले ज्यान मार्ने धम्की दिएकाे भन्दै प्रहरीमा उजुरी गरेको छ ।

पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १ शहश्रधारा
स्थित क्रस उद्योग संचालन गर्ने ब्यवसायी मल्लले बैकर्स बागलुङ अध्यक्ष तथा ग्लोबल आइएमी बैंकका प्रबन्धक शर्मालाई माेवाइ फाेन मार्फत पटकपटक धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित रूपमा
उजुरी दर्ता गरे बैंकर्स बागलुङ उपाध्यक्ष विकास पाैडेलले बताए ।

ग्लोबल आइएमी बैंकका शाखा प्रबन्धक शर्मालाई ज्यान मार्ने धम्की दिएको भनी जिल्ला प्रहरी कार्यालयमा लिखित रूपमा उजुरी दर्ता भएकाे धम्की दिने ब्यक्ति लाई फाेन गरेर प्रहरी कार्यालयमा आउन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए ।

ब्यवसायी मल्लले बैंक संग लिएकाे ऋण नतिरेपछि राष्ट्र बैंकले कालाे सुचिमा नाम प्रकाशित गरि मल्ल र उनको श्रीमतीको बैंक खाताहरू समेत बन्द गरिदएकाे भन्दै
मल्लले ग्लोबल बैंकका शाखा प्रबन्धक शर्मालाई धम्की दिएकाे ग्लोबल बैंकका शाखा प्रबन्धक हेमराज शर्माले बताए ।

मल्लका श्रीमती राधिका मल्लले ग्लोबल आइएमी बैंक धापासी शाखा मार्फत खाता खाेलेर काराेबार गर्दै आएको भएपनि नेपाल राष्ट्र बैंकले मल्ललाई कालाे सुचिमा राखेको कारण उनको श्रीमतीको समेत बैंक खाता बाट काराेवार बन्द गरिदिएको भन्दै शाखा प्रबन्धक शर्मालाई ज्यान मार्ने धम्की दिएको भन्दै बैंकर्स बागलुङले समेत प्रहरी निवेदन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले कालो सूचीमा समावेश गर्नको लागि नेपाल राष्ट्र बैंकको निर्देशन तथा कर्जा सूचना केन्द्रको प्रचलित नियमअनुसार ऋणी तथा ऋणसँग सम्बन्धित पक्षहरुलाई कालो सूचीमा समावेश गर्ने गर्दछन् । नेपाल राष्ट्र बैंकको निर्देशन २०७८ को इ.प्रा. निर्देशन नं. १२/०७८ मा कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था गरेको छ । जसमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई नियतवश कर्जा नतिर्ने ऋणीहरुलाई बैंक तथा वित्तीय संस्थाले कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश गर्नको लागि सिफारिश गर्न सक्नेछन् ।