शिक्षा

खार माध्यमिक बिद्यालयको प्रअमा घिमिरे

वडिगाड गाउँपालिका-५ मा रहेको खार माध्यमिक बिद्यालयको प्रधानाध्यापकमा यज्ञदत्त घिमिरे नियुक्त भएका छन् ।फाल्गुण २७ गते बसेको बिद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार घिमिरेलाई प्रधानाध्यापकमा नियुक्ति गरेको हो ।घिमिरेले बिद्यालय विगत ६ वर्ष देखि गणित बिषय अध्यापन गर्दै आएका छन । वडिगाड गाउँपालिकाको केन्द्र खारमा रहेको बिद्यालय पछिल्ला बर्षमा शैक्षिक गुणस्तरको हकमा गाउँपालिकाको अग्रेणी बिद्यालय मानिएको छ । पुरा पढौ

ऐतिहासिक चैत्राष्टमी मेला-२०७८ चैत २४ देखि २८ गतेसम्म

काेराेना भाइरस (कोभिड–१९) ले दुई वर्ष देखि प्रभावित भएक मेला, महोत्सव पुरानो लयमा गर्ने तयारी भएको छ । गण्डकी प्रदेशको ऐतिहासिक चैत्राष्टमी मेला यसपटक भब्य रूपमा सम्पन्न गर्ने तयारी भएको छ। विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला हुने ऐतिहासिक चैत्राष्टमी मेला सम्पन्न गर्न विभिन्न १२ वटा उप समिति गठन गरेको छ । कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले चैत्राष्टमी भलिबल खेल उप-समितिकाे… पुरा पढौ

२०७९ सालमा हुने सार्बजनिक बिदाको विवरण

सरकारले २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ ।गृह मन्त्रालयका अनुसार २०७९ वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने बिदासम्बन्धी निर्णय गरेको हो । मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक पर्व, सट्टा बिदा र कार्यालय समय समेत निर्धारण गर्ने निर्णय गरिएको छ । नयाँ वर्षको दिन वैशख १, उभौलि पर्व जेठ २, रक्षा बन्धन साउन २७, श्रीकृष्ण जन्माष्टमी भदौ ४, घटनास्थपना असोज १० गते, छठ पर्व कात्तिक १३ गते सार्वजनिक बिदा हुनेछ ।यसैगरी किरात समूदायको उभौलि, योमरी पूर्णिमालगायतको अवसरमा… पुरा पढौ

स्कुल भ्यानको ठक्करबाट १८ महिने बच्चा घाइते

बागलुङ बजारको एक बिद्यालयको भ्यानले ठक्कर दिँदा १८ महिने एक बच्चा घाइते भएका छन् ।बागलुङ बजार स्थित अमर आदर्श बोर्डिङ स्कुलको ग २ ख ४८८६ नम्बरको भ्यानको ठक्करबाट बागलुङ नगरपालिका वडा नम्बर ३ रुम्टा निवासी कमल कटुवालका १८ महिने छोरा अंकित कटुवाल सामान्य घाइते भएका हुन । बिद्यार्थी लिएर बिद्यालयतर्फ फर्किने क्रममा बिहान ९ बजे कटुवालको घर अगाडि बच्चालाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । घाइते बच्चाको मुखमा चोटलागेको र धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । ठक्कर दिने सवारी… पुरा पढौ

५८ लाखको सभाहल उद्घाटन !

बिद्यामन्दिर माध्यमिक बिद्यालयमा निर्माण गरिएको सभाहल उद्घाटन गरिएको छ ।राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण र विद्यालयको आन्तरिक कोष गरी ५८ लाखको लागतमा निर्माण भएको भनिएको सभाहलको उद्घाटन गरिएको हो । विद्यालयको ८१ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित एक समारोहकाबीच बागलुङ नगरपालिकाका नगर प्रमुख जनक राज पौडेलले व्यानर अनावरण गरेर उद्घाटन गरिएको हो ।५८ लाख लागतमा निर्माण गरिएको भनिएको सभाहलको लागत निकै महंगो परेको बुझिएको छ । बागलुङ जिल्लाको सवै भन्दा पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयको ८१औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबारबाट सुरु… पुरा पढौ

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस; इतिहास र वर्तमान अभ्यास !

आज फेब्रुअरी १४; विश्वभरि नै मनाउँदै आएको भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस नेपाल लगायत विश्व भर विशेषगरी किसोर अवस्था प्रेमजोडी एवं युवा अवस्थाका युवायुवतीहरुले माया साटासाट गरि मनाउँदै आएका छन्। यो दिन प्रेम प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेको व्यक्तिलाइ प्रेम प्रस्ताव राख्ने गर्दछन । फेब्रुअरी ७ देखि १४ सम्म क्रमिक रुपमा रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रोमिस डे, किस डे, हग डे मनाउँदै आज अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ… पुरा पढौ

लियो जिल्ला परिषद बिभाजन, औपचारिक घोषणा भोलि!

लियो जिल्ला परिषद ३२५ वि १ नेपाल ५ जिल्लामा बिभाजन भएको छ । नेपालमा संघीयताको अभ्यास भएसँगै बिश्वमा सर्वाधिक ठुलो सञ्जाल भएको सामाजिक क्लब लायन्स इन्टरनेसनल नेपाल डिस्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गतको युथ प्रोजेक्टको रुपमा रहेको लियो क्लबको छाता संगठन लियो डिस्ट्रिक ३२५ बि १ नेपाल आगामी बर्षबाट ५ वटा डिस्ट्रिकमा बिभाजन हुने भएको हो । लायन्स र लियोका उमेदवारहरु १८ देखि ३० बर्ष उमेर समुहका युवाहरुको नेतृत्व बिकाशमा महत्त्वपूर्ण मानिएको लियो क्लब नेपालमा लियो डिस्ट्रिक ३२५ I, J,… पुरा पढौ

एसईई वैशाख ९ गतेदेखि !

माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डले जनाएको छ । निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो । बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको… पुरा पढौ

ताराखोला गाउँपालिकाको दशौँ गाउँसभा सम्पन्न !

मन्दिप निउरेताराखोला बागलुङ ताराखोला गाउँपालिकामा गाउँसभाको दशौँ अधिवेशन मंगलबार सम्पन्न भएको छ ।सभामा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन रोकाद्वारा एजेण्डाहरु छलफलको लागि सभामा प्रस्तुत गरिएको थियो । सभाले ताराखोला गाउँपालिकामा गाउँसभा अन्तर्गत रहने विषयगत समितिमा (लेखा समिति, विद्यान समिति, सुशासन समिति) को कार्य सञ्चालन कार्यविधि २०७८ सर्वसम्मत रुपमा स्वकृत गरेको छ । त्यस्तै स्थानिय सेवा ऐन २०७८ माथि छलफल गरी संघिय सेवा निजामति सेवा ऐन र प्रदेश निजामति सेवा ऐन नवन्दा सम्मको लागि ताराखोला गाउँपालिकाको स्थानिय सेवा ऐन २०७८ स्वकृत… पुरा पढौ

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा: शिक्षामन्त्री पौडेल

मन्दिप निउरेताराखोला माघ २४ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तरक्रियामा उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो ।“यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भन्नुभयो, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताउनुभयो । शिक्षकको वृत्ति विकासमा शिक्षा… पुरा पढौ