प्रविधिमैत्री बिद्यालय बनेपछि बिद्यार्थी खुशी

-


     हिडन खबर    
     फागुन २५ गते २०८० मा प्रकाशित


बागलुङ /बसाइँसराइ लगायतका कारणले गाउँमा संचालित बिद्यालयमा पढ्ने बिद्यार्थी कम हुदै गइरहेको समयमा
समयानुकूल प्रविधिमैत्री शिक्षण शुरूवात गरेपछि बागलुङको एक बिद्यालयमा राम्रो गुणस्तरीय शिक्षा पढ्न पाएपछि बिद्यार्थी आकर्षित हुदै गइरहेका छन् ।

सामुदायिक बिद्यालयमा राम्रो गुणस्तरीय शिक्षा हुदैन भन्दै
बिद्यार्थी अभिभावककाे ध्यान निजी बिद्यालय तर्फ आकर्षित भइरहेको समयमा बागलुङको गलकाेट नगरपालिका काँडेवासमा संचालित शिव माध्यमिक बिद्यालयले केही बर्ष यता प्राविधिकमैत्री बिद्यालय बनाएपछि बिद्यार्थीकाे आकर्षण बढेको छ ।

शिव माध्यमिक बिद्यालयमा विगतका दिनमा भन्दा यतिबेला राम्रो गुणस्तरीय प्राविधियुक्त तरिकाले पढाइ भइरहेको बिज्ञापन प्रयोगशालामा बसेर सिक्न पाएकाे सुचना संचार इन्टरनेट मार्फत सिक्न पाएकाे बिद्यार्थीकाे भनाइ रहेको छ ।

बिद्यालयले गुणस्तरीय शिक्षा प्रविधिमैत्री शिक्षाका साथै बिद्यालयमा अध्ययनरत बिद्यार्थी लाइ अतिरिक्त क्रियाकलाप मार्फत अझै राम्रो बनाउने अन्यत्र प्रतिस्पर्धा गराएर पुरस्कृत गराउने काम गरेको बिद्यालयका अभिभावक नरहरि घिमिरेले बताए ।

गलकाेट नगरपालिका बालमैत्री नगरपालिका घाेषणा भइसकेको बिद्यालयमा प्रविधिमैत्री वातावरण तयार गर्नका लागि स्मार्ट डिजिटल बाेर्ड पनि उपलब्ध गराएपछि बिद्यालय शैक्षिक वातावरण परिवर्तन भएको गलकाेट नगरपालिका नगर शिक्षा अधिकारी रूद्र नारायण सापकोटाले बताए ।

बेलाबेलामा अनुगमन गर्ने गरेकोमा यसपटक अनुगमनमा पनि बिद्यालयमा प्रविधमैत्री तरिकाले अध्यापन भएको बिद्यार्थीकाे चासो समेत राम्रो पाएकाे शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख युक्त शर्माले बताए ।

शिव माध्यमिक बिद्यालय गलकोट नगरपालिकाद्वारा २०८० सालको SEE परीक्षामा गलकोट नगरपालिकाबाट उत्कृष्ट नतिजा ल्याउन सफल भइ  प्रशंशापत्रद्वारा सम्मानित हुन सफल भएको थियो ।

दक्ष तथा योग्य शिक्षकहरूद्वारा अध्यापन भइरहेको,
बाह्य अतिरिक्त कृयाकलाप अन्तर्गत हाजिरीजवाफ, नृत्य, भलिबल, कपर्दी, पढाइ मेला, चित्रकला, शैक्षिक सामग्री प्रदर्शनी लगायतका कार्यक्रममा सहभागी भइ विभिन्न विद्यार्थीहरूले पुरस्कृत समेत हुदै आएकाे बिद्यालयका प्रधानाध्यापक हरि चालिसेले बताए ।

अभिभावकहरूलाई प्रोत्साहन गर्नका लागि उत्कृष्ट विद्यार्थीहरूका आमाहरूलाई “आमा सम्मान”कार्यक्रमको शुरूवात गरेर नयाँ जागरणकाे कामको थालनी गरेको छ ।कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस बिद्यालयमा अहिले २२५ जना बिद्यार्थीले अध्ययन गरिरहेका छन् ।