
बागलुङ / बागलुङ जिल्लाकाे जैमिनि नगरपालिका वडा न ४ सर्कुवाकाे जनता माध्यमिक बिद्यालयको ६५औ बार्सिक उत्सब समारोह सप्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जैमिनि नगरपालिका वडा न ४ का अध्यक्ष ,चक्रबहादुर थापा बिशिस्ट अतिथि धौलागिरि अस्पतालका अध्यक्ष नारायण पौडेल ,पुर्व प्रअ मेघराज ढकाल जनप्रतिनिधि ठगेन्द्र थापा रहनुभएकाे थियाे।
कार्यक्रममा जैमिनि नगरपालिका वडा न ४ का अध्यक्ष चक्र बहादुर थापाले गुणस्तरीय शिक्षाका लागि अभिभावक बिद्यार्थी शिक्षकले इमानदार भै आआफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताउनुभयाे ।साथै विद्यार्थीकाे सिकाई उपलब्धि बृद्धिगर्न शिक्षक र अभिभावकलाई बर्तमान परिवेश अनुसार शिक्षा दिन जरुरी रहेकाे बताउनु भयाे l
प्रधानाध्यापक चन्द्रकान्त आचार्य ले आर्थिक शैक्षिक भौतिक बिकासका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै जैमिनि नगर पालिका वडा कार्यालय लाइ सहयोग गर्न आग्रह गर्नु भएकाे थियो ।
कार्यक्रमकाे सभापति पुर्व प्रदेश सांसद एवम् विद्यालय ब्यवस्थापन समितिका सदस्य कृष्ण थापाले गर्नुभएको थियो । कार्यक्रममा बिधालयहरुकाे तर्फबाट शिलशिला केसी स्वास्थ्य चौकि प्रमुख,डिल बहादुर थापा नारायण पौडेल मेघराज ढकालले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियाे ।
सो अवसरमा विद्यालयमा अध्यनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई ६ लाख २५ हजार रुपैया बराबरकाे विभिन्न शिर्षकमा छात्रवृत्ति प्रदान गरिएको थियो ।