
बागलुङ सदरमुकाममा रहेको एक निजी बिद्यालयले बिद्यार्थीलाइ बिद्यालयमा समय अनुसार जिल्लामै पहिलोपटक प्रविधिमैत्री स्मार्ट टिभीबाट पठनपाठनको शुरू गरेकाे छ ।
पुरस्कार वितरण एवम् अभिभावक अभिमुखीकरण कार्यक्रममा बागलुङ नगरपालिका नगर शिक्षा अधिकारी
धनप्रसाद पाेखरेलले प्रविधिमैत्री स्मार्ट टिभीकाे उद्घाटन गर्दै
प्रविधिमैत्री प्ले ग्रुपदेखि कक्षा १२ सम्म स्मार्ट टिभीबाट पठनपाठनको शुरू हुन सकारात्मक भएको यसले बिद्यार्थीमा पढ्नकाे लागि राम्रो वातावरण सृजना गर्ने बताउनु भयो ।अव हाम्रो शिक्षा प्रविधिमैत्री मात्र बनाएर नपुग्ने हुदा ब्यवहारिक बनाउन जरुरी भएको पाेखरेलले बताउनुभयो ।
हामीले बिद्यार्थीलाइ नैतिक शिक्षा दिएर समाजमा कसरी टिक्ने कसरी भिज्ने भन्न कुरा सिकाउन सकेको खण्डमा हामीले खाेजेकाे लक्ष्य पुरा हुनेछ नगर शिक्षा अधिकारी पाेखरेलले भन्नुभयो ।
बागलुङ नगरपालिका ३ मा रहेको आदर्श बिद्यामन्दिर माध्यमिक बिद्यालयले शैक्षिकसत्र २०८० सालमा संचालित अतिरिक्त क्रियाकलाप परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल भएका बिद्यार्थी लाइ पुरस्कार वितरण गर्ने आयाेजीत कार्यक्रम फरक ढंगले संचालन गरि सम्बन्धित अभिभावक बाट पुरस्कृत गरिएको थियोे ।
पुरस्कार वितरण एवम् अभिभावक अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,अभिभावक बेद प्रसाद कडेल,लगायतका बक्ताहरूले बिद्यालयले समय अनुसार
सुचना र प्रविधि लाइ जाेडेर प्रविधिमैत्री स्मार्ट टिभीकाे माध्यम बाट पढाउन शुरूवात गरेको यो अन्त्यन्त सकारात्मक भएको हुदा यसलाई निरन्तरता दिन जरुरी रहेको धारणा राखेका थिए ।
बिद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सुर्य महतको स्वागतले गर्नुभएको थियो ।
















