
काठमाडौं / ११४औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा अखिल नेपाल महिला संघको स्थापना दिवसको अवसरमा अखिल नेपाल महिला संघ नगर कमिटीको आयाेजनामा मातातिर्थ बृद्वाश्रममा आश्रय लिएर बसिरहेका आमाहरुलाइ भाेजन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जेष्ठ आमाहरुले भाेगेका संघर्षमय जिवनकाे बारेमा अन्तरक्रिया कार्यक्रम गरि जेष्ठ नागरिक आमाहरूकाे
कथा ब्यथा र वेदना सुन्ने सुनाउने कार्य भएको थियो ।
कार्यक्रममा प्रमुख अथिति अनेम संघ जिल्ला कमिटीका उपाध्यक्ष चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठकाे उपस्थितिमा ,अनेम संघ नगर इन्चार्ज ,जिल्ला कमिटी सदस्य , वडा नं – ६ का वडा अध्यक्ष ,वडा सदस्य ,नगरका सदस्यहरु लगाएत याे कार्यक्रम गरिएकाे थियो ।















