शिक्षा

दुई बर्षपछि भाैतिक रूपमै एसईई परीक्षा शुरू

कोभिडका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यश बर्ष देखि भाैतिक रूपमै बागलुङ जिल्लाका परीक्षा केन्द्रहरूमा शुरू भएको छ । शुक्रबारदेखि शुरू भएको एसईई परीक्षाको पहिलो दिन बिद्यार्थीले अनिवार्य अंग्रेजी बिषयकाे परीक्षा दिएका छन् । बागलुङ जिल्लाभर रहेका १०८ सामुदायिक बिद्यालय र ३२ निजी बिद्यालय १ वटा खुला बिद्यालय गरि १४२ वटा बिद्यालयका कुल ४८९६ जना बिद्यार्थी यसपटकको एसईई परिक्षामा सम्मिलित भएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताउनुभयाे… पुरा पढौ

बागलुङमा एसईई परिक्षाकाे तयारी पूरा

बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस कोभिडका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै परीक्षा केन्द्रहरूमार्फत् सञ्चालन हुन लागेको छ । बैशाख ९ गतेदेखि हुने एसईई परीक्षाको सम्पुर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय ईकाई बागलुङले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । बागलुङ जिल्लाभर रहेका १०८ सामुदायिक बिद्यालय र ३२ निजी बिद्यालय १ वटा खुला बिद्यालय गरि वटा बिद्यालयका ४८९६ जना बिद्यार्थी यसपटकको एसईई परिक्षामा सम्मिलित हुँदै… पुरा पढौ

बागलुङका बालबालिकालाई टाइफाइडकाे खाेप लगाउन शुरू

राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत ५ बर्ष देखि १५ बर्षसम्मका बालबालिकालाई टाइफाइड बिरूद्व खाेप लगाउन स्वास्थ कार्यालय बागलुङले शुरू गरेको छ । स्वास्थ कार्यालय बागलुङले टाइफाइड राेग विरूद्वकाे खाेप अभियान तथा नियमित खाेपमा टाइफाइड खाेपकाे शुरूवात स्थानीय बिद्यालयमा पुगेर शुरू गरेको छ ।बागलुङ सदरमुकाममा रहेको आदर्श बिद्यामन्दिर बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्वास्थ्यकर्मी पुगेर टाइफाइड खाेप दिएको बिद्यालयका प्रधानअध्यापक भुपेन्द्र केसीले बताए । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइने खाेप अभियान चैत २५ गतेदेखि ३० गतेसम्म बागलुङ नगरपालिका ,जैमुनी नगरपालिका ,गलकाेट… पुरा पढौ

एमबिबिएस अध्ययनको लागि पूर्णछात्रवृत्ति पाउन सफल बागलुङका शर्मा सम्मानित

चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा एमबिबिएस अध्ययनको लागि पूर्ण छात्रवृत्ति पाउन सफल बागलुङका विनायक शर्मालाई सम्मान गरिएको छ । विघामन्दिर माध्यमिक विघालय कक्षा ११ र १२ मा विज्ञान विषय लिएर पढेका शर्मालाई विद्यालयले शुक्रबार एक कार्यक्रम गरी सम्मान गरेको हो । सामुदायिक विद्यालयमा पढेर एमबीबीएस अध्ययनको लागि पूर्णछात्रवृत्ति पाउने शर्मा साविक धौलागिरि क्षेत्रबाट पहिलो भएको विद्यालयले प्रधानाध्यापक शान्तामणि ढकालले जानकारी दिए । शर्मालाई नगद २५ हजारसहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै शिक्षा विकास तथा… पुरा पढौ

रस्सा कस्सि बिच त्रिवि प्राध्यापक संघले छान्याे पदाधिकारी

त्रिभुवन बिश्व बिद्यालय प्रध्यापक संघ धाैलागिरि बहुमुखी क्याम्पस बागलुङमा चैत ७ गते सम्पन्न भएको अधिवेशनले टुंग्याउन नसकेको पदाधिकारी झण्डै एक महिनापछि ठूलो रस्सा कस्सि बिच पदाधिकारी चयन गरेको छ । सभापति भक्तिराम न्यौपाने उप सभापति उदयचन्द्र चपा ईसचिव प्रेम केसी सहसचिव विप्लव शर्मा कोषाध्यक्ष शिवप्रसाद पौडेल र सदस्यहरु कुलप्रसाद अधिकारी, रामचन्द्र शर्मा,डम्बर बिक,दीपेन्द्र जैसी,रामराजा कँडेल र ,ओम शर्मा रहेका छन् ।राष्ट्रिय प्राध्यापक सगठन र प्रगतिशील प्रध्यापक संघ बिच गठबन्धन भएको एक प्राध्यापकले हिडन खबर लाई बताए । च‌ैत ७ गते… पुरा पढौ

बागलुङमा टाइफाइड बिरूद्व खाेप अभियान

राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत ५ बर्ष देखि १५ बर्षसम्मका बालबालिकालाई टाइफाइड बिरूद्व खाेप लगाउने स्वास्थ्य कार्यालय बागलुङले कार्यक्रम बनाएको छ । स्वास्थ्य कार्यालय बागलुङले टाइफाइड राेग विरूद्वकाे खाेप अभियान तथा नियमित खाेपमा टाइफाइड खाेपकाे शुरूवात सम्बन्धि पत्रकार अभिमुखीकरण कार्यक्रम गरेर जानकारी गराएको हो । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइने खाेप अभियान चैत २५ गतेदेखि ३० गतेसम्म बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकाेट नगरपालिका, ताराखाेला गाउँपालिका, काठेखाेला गाउँपालिका, बरेङ गाउँपालिकामा सञ्चालन हुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुराैले बताउनुभयो ।… पुरा पढौ

बागलुङमा उपभोक्ता सचेतना कार्यक्रम

प्रदेश सरकार पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयउद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पाेखराकाे आयोजनामा उपभोक्ता सचेतना कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कडेलले बजार अनुगमनमा कार्वाही भन्दा पनि सचेत गराउन जरुरी रहेको बताए । उपभोक्ता र उपभोक्ता लाई सेवा दिने लाई पनि सचेत बनाउन जरुरी रहेको मन्त्री कडेलले बताए । उपभोक्ता हक हित संरक्षण सम्बन्धि कानुन ब्यबस्था र हाम्रो अभ्यास बिषयमा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षणनिर्देशनालय गण्डकी… पुरा पढौ

सेञ्चुरी बैंक काठेखोला शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता प्रदान

सेञ्चुरी कमर्सियल बैंक काठेखोला शाखाले ग्लोबल मनी सप्ताह अन्तर्गत विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले काठेखोला गाउँपालिकास्थित भिमसेन माध्यामिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी दिएको थियो । यस्तै बैंकले सामाजिक उत्रदायित्व अन्तर्गत सोही विद्यालयलाई फोहोर व्यवस्थापनका लागि डस्विन वितरण गरेको बैंकका काठेखोला शाखा प्रबन्धक सुलभ प्रसाद श्रेष्ठले विश्वलाई बताए । कार्यक्रममा बैंकको महत्व, वचत,लगानी, खाता सञ्चालन, वित्तिय व्यवस्थापन, ऋण र डिजिटल बैंकिङको विषयमा सेन्चुरी बैंक काठेखोला शाखाका प्रबन्धक सुलभ प्रसाद श्रेष्ठ… पुरा पढौ

गलकोटमा २ दिने विज्ञान पत्रकारिता तालिम सुरु

बागलुङ जिल्लाको गलकोटमा विज्ञान पत्रकारिता तथा खगोल, अन्तरिक्ष विज्ञान प्रबर्द्धन सम्बन्धि दुईदिने तालिम सुरु भएको छ । गलकोट नगरपालिका-३, हटियामा रहेको गलकोट माध्यमिक बिद्यालयमा पत्रकारहरुका लागि विज्ञान पत्रकारिता र बिद्यार्थीहरुका लागि खगोल तथा अन्तरिक्ष विज्ञान प्रबर्द्धन तालिम सुरु भएको हो । २ दिन सम्म सञ्चालन हुने तालिमको नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल द्वारा उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा शैक्षिक, भौतिक एवं कानुनी सुधारका पहलहरु भइरहेको बताउनुभयो । मन्त्रालयले नेपालका सबै… पुरा पढौ

दुई बालक दुई दिन देखि बेपत्ता

बागलुङको काठेखोला गाउँपालिका-७ रेशका दुई बालक दुई दिन देखि बेपत्ता भएका छन । चैत्र ६ गते आइतबार बिहान १० बजे देखि गाउँपालिका -७ रेश साविक रेश गाविस वडा नम्बर-७, नुन्थलाका राम बहादुर थापाका १५ वर्षीय छोरा बिष्णु थापा र सोही स्थानका उनका साथि लोर्के थापाका १६ वर्षीय छोरा आशीस थापा वेपत्ता भएका हुन । बेपत्ता भएका दुई बालक रेश नुन्थला माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेका थापाका बुवा राम बहादुर थापाले जानकारी दिनुभयो ।आइतबार बिहान घरबाट बिद्यालय हिडेका बालक… पुरा पढौ