
धाैलागिरि अस्पताल बागलुङमा कार्यरत प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरंजन प्रधान माथि बिहीबार दिउँसो कार्यालय समयमा अस्पताल ब्यवस्थापन समितिका सदस्य कृष्णशकर श्रेष्ठले दुर्व्यवहार गरेका छन् ।
अस्पतालमा भित्र आएर ब्यवस्थापन समितिका सदस्य समेत रहेका श्रेष्ठले आफुलाई दुर्व्यवहार गरेको भन्दै मेडिकल सुपरिटेन्डेन्ट प्रधानले दाेषि माथि अबिलम्व कार्यवाहीकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा लिखित रूपमा उजुरी गरेका हुन् ।
धाैलागिरि अस्पताल मेडिकल सुपरिटेन्डेन्ट प्रधानकाे कार्यकक्षमा ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पाैडेल ब्यवस्थापन समितिका सदस्य धनमाया पाैडेल मेडिकल सुपरिटेन्डेन्ट रविरन्जन प्रधान ,लगायतका डाक्टर तथा कर्मचारी उपस्थितिमा अनाैपचारिक छलफल चलिरहेको समयमा ब्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले नियतबस कुटपिट गर्ने प्रयास गरि गाली गलाैज गर्ने अपमानजनक कार्य गरेको भन्दै श्रेष्ठ माथि कानुनी कार्वाहीकाे माग समेत गरेका छन् । यता व्यवस्थापन समितिका सदस्य श्रेष्ठले आफूले समितिको बैठक बोलाउन आग्रह गर्दा प्रधानले अटेर गरेको र सामान्य भनाभन भएको वताएका छन् । घटनाको अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीले निन्दा गरेका छन् ।













