
काठमाडौ /फाेहाेर नगराै सफा आफै हुन्छ भन्ने नारासाथ
नेवार लहना समाजीक आर्थिक समृद्धि तथा बिश्व सरसफाइ अभियान भन्ने नारा साथ नेवा लहनाले राजधानीकाे पुरानो शहर किर्तिपुरमा पृथ्वी दिवसको अवसरमा सरसफाइ गरेको छ ।
जनचेतनामूलक अभियान अन्तर्गत किर्तिपुर नगरपालिकाकाे समन्वयमा स्थानीय सामाजिक संघसंस्था सहकार्य गरेर सरसफाइ कार्यक्रम गरेको नेवा लहनाका अभियन्ता राजमान मानवले बताउनुभयो ।
पृथ्वीलाइ ब्यवस्थित गराै पृथ्वीकाे आफ्नै प्रकृतिक नियम अनुसार यसलाई संरक्षण गराै भन्ने नारा साथ सरसफाइ कार्यक्रम गरेको सामाजिक सरसफाइ अभियन्ताले बताउनुभयाे ।
यस्तो खालको जनचेतना जगाउने अभियान टाेलटाेलमा वडा वडामा गर्न सकेको खण्डमा काठमाडौ उपत्यका अहिले भन्दा धेरै ससा सुग्घर हुने देखिन्छ यसतर्फ सराेकारवालाकाे ध्यान जान जरुरी देखिन्छ ।




