श्रमिक दिवसमा विपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री र आँखा जाँच

-


     हिडन खबर    
     वैशाख १९ गते २०८१ मा प्रकाशित


बागलुङ / १३५ आ‌ैं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका स्वर्गीय अध्यक्ष दुर्गा दत्त आचार्यकाे स्मृति अक्षयकोष बाट निशुल्क आँखा परिक्षण तथा शैक्षिक सामाग्री वितरण गरेर मनाइयो ।

बागलुङ सदरमुकाममा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समितिकाे आयोजनामा श्रमको सम्मान गराै श्रम शक्ति नै राष्ट्र शक्ति भन्ने नारा साथ आयोजना भएको कार्यक्रममा
विपन्न वर्गका मजदुरका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको ट्रेड युनियनले जनाएको छ ।

कामलाई सम्मान नहुनु काम अनुसारको बिभेदका कारणले समस्या सृजना भएको डाक्टर र पाइलट सम्म बिभेद हुदा हुदा हाम्रो मुलुक धेरै पछाडि परेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठले बताए ।

मजदुरको बारेमा नेपालकाे संविधानले दिएको अधिकार लागु गराउन सबै आआफ्नो तर्फबाट लाग्न जरुरी भएको
जैमुनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले बताए ।

२००३ सालमा स्थापना गरिएको नेपाल ट्रेड युनियन कांग्रेसले श्रमजीवी वर्गको पक्षमा बाेल्दै आएको अहिले मजदुरका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्न पाउनु खुशीकाे कुरा भएको नेपाल ट्रेड युनियन कांग्रेसका
शकुन्तला शर्माले बताए ।

बागलुङ सदरमुकाममा रहेको बालमन्दिर आधारभूत बिद्यालय ,रूद्रेपिपल माध्यमिक बिद्यालय ,रामरेखा आधारभूत बिद्यालयमा अध्ययनरत १० जना गरिव तथा विपन्न वर्गका बिद्यार्थी लाइ एक बर्षकाे लागि आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

मजदुर दिवसको अबसरमा बिद्यार्थी ,अभिभावक ,शिक्षक
लगायत २११ जनाको निशुल्क आँखा जाँच गर्नुका साथै आ‌ैषधी निशुल्क वितरण गरिएको थियो l

कार्यक्रममा कालिका कन्यामन्दिर माध्यमिक बिद्यालयका प्रधानाध्यापक धनराज सापकोटा नेपाल ट्रेड युनियनका केन्द्रीय प्रतिनिधि उमाकान्त पाैडेल नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य श्रीकृष्ण पाैडेल चुडामणिा आचार्य लगायतका बक्ताहरूले मजदुर दिवस बारे धारणा राखेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष ईश्वर ठाकुर पाैडेलकाे अध्यक्षता सचिव बीर बहादुर किसानकाे संचालनमा सम्पन्न भएको थियो ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

यस वर्ष अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्रलगायतका मजदुर सङ्गठनले विविध कार्यक्रमका साथ मनाउदै आएका छन् ।