स्मार्ट कक्षा संचालन गर्न स्मार्ट बाेर्ड

-


     हिडन खबर    
     वैशाख ८ गते २०८१ मा प्रकाशित


बागलुङ /सुचना र संचारले छाेटाे समयमा ठूलो फड्को मारे संगै बिद्यालयमा भइरहेको पुरानो परम्परागत शिक्षाको ठाउँमा स्मार्ट बाेर्ड मार्फत अध्यापन गर्ने गराउने प्रतिस्पर्धा चलिरहेको समयमा हाइक भिजनले बागलुङ सदरमुकाममा एक कार्यक्रम आयोजनामा गरि यसबारे सराेकारवालाई जानकारी गराएको छ ।

बागलुङ सदरमुकाममा रहेको गुराँस शिक्षा सदनमा एक कार्यक्रम गरि स्मार्ट बोर्ड डिजिटल प्रविधि मार्फत कसरी बिद्यार्थी लाई अध्यापन गराउने भन्ने बारे यसको उपयोग कसरी गर्ने यसबाट के फाइदा छ भन्ने जानकारी गराएकाे हाइक भिजनका सेल्स मेनेजर माेहमद जुनाले बताए ।

स्मार्ट डिजिटल प्रविधिमा विद्यार्थीलाई बुझ्न र शिक्षकलाई पढाउन सजिलो हुने कक्षा कोठाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री स्मार्ट बोर्डमा भएपनि यतिबेला यो प्रविधि चलाउने जनशक्ति बाहिर गइरहेको बिद्यामन्दिर माध्यमिक बिद्यालयका शिक्षक कुलराज शर्माले बताए ।

अहिले जमाना प्रविधि मैत्रीकाे भएको हुदा हामी सबै यो संग जाेडिनु पर्ने समय आएको छ यसमा लगानी पनि धेरै गर्नुपर्ने भएको हुदा हतार नगरिकन अगाडि बढ्नुपर्ने फ्युचर ब्राइटर बाेर्डिङ स्कुलका प्रिन्सिपल बालकृष्ण शर्माले बताए ।

स्मार्ट बाेर्ड डिजिटल बाेर्ड जुनसुकै नामाकरण भएपनि यसको उदेश्य शिक्षा लाइ प्रविधि संग जाेड्ने भएको कारणले अब यसलाई अपनाएर अगाडि बढ्नुको विकल्प नभएको गुराँस शिक्षा सदनका प्रिन्सिपल निशान खड्काले बताए ।

प्रविधि भित्रीनु सकारात्मक पक्ष भएपनि यसको मुल्य महंगो भएको कारणले सबै बिद्यालयकाे पहुँचमा पुग्न गार्‍हो हुने यसलाई संचालन गर्न आवश्यक पर्ने जनशक्ति इमेल इन्टरनेट लगायतका कुराहरू पनि संगसंगै आवश्यक रहेको खड्काले बताए ।

बागलुङ जिल्लामा केही बिद्यालयले स्मार्ट डिजिटल प्रविधिकाे प्रयोग गरे पनि धेरै बिद्यालय भने यसमा जाेडिन जरुरी भएको भन्दै बागलुङका निजी तथा सामुदायिक बिद्यालयका शिक्षक ब्यवस्थापन समितिका सराेकारवालाइ
बिद्यालयमा एक कार्यक्रम गरेर यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी गराइएको थियो ।
बागलुङ जिल्लाकाे लागि यसको बिक्रीवितरण र प्राविधिक सहयोग कम्प्युटर बजारले लिएको छ ।