शिक्षा

सरस्वती पूजाको दिन चिल्ड्रन लाईफ बोर्डिङबाट ५६ बालबालिकाले गरे अक्षरारम्भ

बागलुङका सस्थागत विद्यालय मध्य सवै भन्दा धेरै विद्यार्थी रहेको चिल्ड्रन लाईफ बोर्डिङ स्कुलबाट सरस्वती पूजाको दिन ५६ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाको दिन अक्षरारम्भ गर्दा राम्रो हुने भन्दै यस दिन धेरै बालबालिका विद्यालय भर्ना हुने गरेका छन् । सरस्वती पूजाको अवसरमा विहान विद्यालयमा पूजाआजा गरिएको थियो भने आजबाट विद्यालय आउने बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयका प्रिन्सीपल नवराज श्रेष्ठले जानकारी दिनु भयो । बागलुङका सस्थागत विद्यालय मध्य सवै भन्दा धेरै विद्यार्थी रहेको चिल्ड्रन लाईफ बोर्डिङ स्कुलमा १५ सय भन्दा… पुरा पढौ

हरेको क्षेत्रको मुहान शिक्षा भएकोले समय सुहाउदो शिक्षा आवश्यक छ : प्रदेश सांसद थापा

गण्डकी प्रदेश सभा सदस्यमा दिपेन्द्र थापाले हरेको क्षेत्रको मुहान शिक्षा क्षेत्र भएकोले समय सुहाउदो शिक्षा प्रदान गर्नुपर्ने बताउनु भएको छ । कालिका कन्या मन्दिर माध्यमिक विद्यालय बागलुङको सरस्वती पूजा, बार्षिकोत्सव समारोह एवं सम्मान कार्यक्रमको अवसरमा बोल्दै थापाले यस्तो बताउनु भएको हो । प्रदेश सभा सदस्य थापाले नेपालमा हुने खाने र हुदा खानेको शिक्षा वेग्ला वेग्लै रहेकोले नेपालका सवै नागरिकलाई एकै खालको शिक्षा प्रदान गर्न आवश्य रहेको बताउनु भयो । नेपालको शिक्षा प्रणाली हुनेखानेको पहुचमा रहेकोले हुदा खाने परिवारका बागलबालिकाले अध्ययन… पुरा पढौ

युएस एकेडेमीको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम संचालन

युनिभर्सल सवलाइम एकेडेमी बागलुङ नगरपालिका २ बागलुङको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । मंगलबारबाट सुरु भएको वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त  क्रियाकलाप सहित जनचेतनामुलक कार्यक्रम भैरहको विद्यालयले जनाएको छ । पहिलो दिन विद्यालयमा अतिरिक्त  क्रियाकलाप गरेको विद्यालयले दोश्रो दिन बागलुङ बजारका विभिन्न चोकहरुमा सरसफाई सहित जनचेतनामुलक कार्यक्रम गरेको थियो । विहिबार तेश्रो दिन सरस्वती पूजा तथा विद्यालय आउने उमेर समुहका नयाँ बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयका प्रिन्सीपल अशोक केसीले जानकारी दिनुभयो । विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितीमा पूजा… पुरा पढौ

हुक्का सेवनको भ्रम र वास्तविकता

आजभोलि हुक्का सेवन युवा-युवतीमा अत्यन्त्यै लोकप्रिय छ। चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन्। आजकाल त झन् रेष्टुरेन्ट र बार गएपछि हुक्का सेवन गदै सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रवृत्ति फेसन जस्तै छ। जसले बालबालिकाको सोचाईमा असर पारेको छ। कतिपय समाजमा त झन् हुक्का सेवनलाई प्रोत्साहन गरिन्छ। तर यथार्थ फरक छ, एक पटक हुक्का सेवन गर्नु भनेको १० देखि १५ खिल्ली चुरोट सेवन गर्नु जस्तै हो। एक घण्टा हुक्का सेवन… पुरा पढौ

बागलुङको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा विपद् व्यवस्थापन बिषयक अन्र्तक्रिया

बागलुङको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलको आयोजना विपद् व्यवस्थापन विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामाजिक र ब्यवहारिक बनाउने उदेश्यले विपद व्यवस्थापन बिषयक अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा कक्षा नौ का विद्यार्थी आईश्मा क्षेत्री,अंकिता शर्मा र अपेक्षा श्रेष्ठले विपद्, विपद्का प्रकार, विपदका कारण लगाएतका विषमा सहजिकरण गरेका थिए । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुस्मराज उपाध्यायले शिक्षण सिकाइका विषयमा अतिरिक्त क्रियाकलाप हुन आवश्य रहेको बताए ।… पुरा पढौ

विद्यामन्दिर माविको मिलन गुरु विज्ञान प्रयोगशालाको लागि श्रेष्ठ परिवारद्वारा ६० थान कुर्ची सहयोग

बागलुङका शिक्षासेवी सूर्य प्रसाद श्रेष्ठ ‘मिलन’ को स्मृतिमा बागलुङको विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयमा ६० थान प्लास्टिक कुर्ची हस्तान्ण गरिएको छ । धौलागिरि अंचलकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्वशिक्षक रहेका श्रेष्ठको सहयोगमा निर्माण भएको मिलन गुरु विज्ञान प्रयोगशालाको लागि ६० थान प्लास्टिक कुर्ची हस्तान्त्रण गरिएको हो । श्रेष्ठका छोरा सिद्धार्थ मिलन श्रेष्ठ बुहारी शर्मिला श्रेष्ठ र छोरी सलोनी श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वावुलाल शाक्यलाई कुर्ची हस्तान्त्रण गर्नु भएको थियो । विद्यालयका पूर्वशिक्षक तथा संस्कृतिकर्मी रहेको श्रेष्ठको १६ लाख ६५हजार… पुरा पढौ

मालीका पूर्व बिद्यार्थी मन्च स्थापनाकाे एक बर्ष

आफू जन्मेको आफू हुर्केको आफुले अध्ययन गरेको बिद्यार्थी लगायत सामाजिक सेवाको क्षेत्रमा काम गर्ने उदेश्यले गठन भएको मालिका पुर्ब बिद्यार्थि मंच बिधिबत स्थापना भयको १ बर्ष पूरा भएको छ । मन्च स्थापना भएको सस्थाले एक बर्षकाे छाेटाे समयमा मालिका माध्यमिक बिद्यालय परिसरमा सरस्वती मन्दिर निर्माणमा अगुवाइ गरेको मन्चका अध्यक्ष जीवन नाथ शर्माले बताए । मन्चकाे अनुरोधमा सरस्वती मन्दिर हाल अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्माले करिव ७ लाख खर्च गरि निर्माण गरिदिएको शर्माले बताए । बिद्यालयमा कार्यरत शिक्षकहरू लाई समयमै बिद्यालय गएर… पुरा पढौ

स्वास्थ चाैकीलाई स्वास्थ सामाग्री

सरकारले जनतालाई स्वास्थ सेवा दिन सुविधासम्पन्न स्वास्थ चाैकी निर्माण गरेपनि स्वास्थ संस्थामा बिरामीकाे उपचारको लागि आवश्यक पर्ने सामाग्री नहुदा स्वास्थ सेवा दिन समस्या भएको भन्दै एक सामाजिक संस्थाले बागलुङको मालीका स्वास्थ चा‌ैकीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग गर्ने उदेश्यले गठन भएको मालीका सेवा समाजले मालीका स्वास्थ चाैकीलाईस्वास्थ सेवा दिन सहज पुर्‍याउने उदेश्यले स्वास्थ चाैकीमा पुगेरस्वास सामाग्री प्रदान गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ चाैकीमा उपचारको… पुरा पढौ

बिद्यामन्दिर पुस्तकालयकाे ३६ आ‌‌ै अधिवेशनबाट अध्यक्षमा राम थापा निर्वाचित दुई जना समाजसेवी सम्मानित

नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७४ आ‌ै साधारणसभा र ३६ आ‌ै अधिवेशन शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले राम थापा अविरललाई पुस्तकालयकाे अध्यक्षमा चयन गरेको छ । सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै अाएकाे बिद्यामन्दिर पुस्तकालय लाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बक्ताहरूले धारणा राखेका थिए । कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय अध्यक्ष सन्तोष रावल ,बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्षएंवम कार्यवाहक प्रधान संरक्षक परशुराम… पुरा पढौ

बागलुङमा यात्रु सहायता कक्ष

सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ। नेपालीहरूकाे महान चाड बिजया दशमी दिपावली र छट पर्व लाई लक्षित गरि अग्रिम टिकट शुरु भएपछि बागलुङ बाहिर जाने यात्रुहरूकाे सहायताकाे लागि बागलुङ ट्राफिक चाेक नजिकै सहायता कक्ष शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले बताए । बागलुङ जिल्लाकाे ६ स्थानमा समिट… पुरा पढौ