हामी सुर्धाछौं, हाम्रो विद्यालय राष्ट्रिय अभियान अन्तर्गत बागलुङमा शैक्षिक अन्तरक्रिया

-


     हिडन खबर    
     जेठ २४ गते २०८१ मा प्रकाशित


बागलुङ / बागलुङका सांसद, स्थानीय तह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, उन्नयन र संस्थागत विकासका लागि संयुक्त प्रतिवद्धता व्यक्त गरेका छन्।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महसंघ नेपाल र नेपाल शिक्षक महासंघको अगुवाईमा सञ्चालित हामी सुर्धाछौं, हाम्रो विद्यालयु राष्ट्रिय अभियान अन्तर्गत आयोजित गण्डकी प्रदेश स्तरीय शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रममा सहभागी उनिहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागि सरोकारवालाहरुले शैक्षिक सुधारको लागि १९ बुँदे बागलुङ घोषणापत्र जारी गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर, उन्नयन र संस्थागत विकासका लागि संयुक्त प्रतिवद्धता व्यक्त गरेका छन् ।

घोषणापत्रमा सबै राष्ट्रसेवक, शिक्षक, कर्मचारीहरु एवं जनप्रतिनिधिका सन्ततिहरु सामुदायिक विद्यालयमा अनिवार्य भर्नाको व्यवस्था गर्ने ।त्यसको लागि स्थानीय तहले आफ्‌नो शैक्षिक नियामावली निर्माण गरी कार्यान्वयमा ल्याउने।
सामुदायिक विद्यालय सुधारको लागि स्थानीय सरोकारवालाहरुको सहभागितामा विद्यालयको रणनीतिक योजना र विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयन गर्दै विद्यालय सुधारका कार्यहरु गर्ने,।

गुणस्तरीय शिक्षा र गुणस्तरीय सिकाई वातावरणको स्थानीय सूचकहरु निर्माण तथा मूल्याकंन गरेर गुणस्तर प्राप्तिको लागि प्रोत्साहन गर्ने, विद्यालय प्रति समुदायको अपनत्व वृद्धि गर्न विद्यालयमा अभिभावक सहभागिता र संलग्नताकाकार्यक्रमहरु सञ्चालन गर्ने,।

गुणस्तर सूचकको आधारमा शैक्षिक, भौतिक र व्यवस्थापनमा अग्रणी स्थान प्राप्त गर्ने विद्यालयहरुलाई पुरस्कार र प्रोत्साहनको व्यवस्था गर्ने, ।

स्थानीय तहले आफ्‌नो आन्तरिक स्रोतको न्युनतम् १० प्रतिशत बजेट शैक्षिक क्षेत्रमा विनियोजन हुने व्यवस्था गर्ने, शिक्षक सशक्तिकरणका लागि क्षमता विकास सम्बन्धि पुनर्ताजगी तालिम र असल अभ्यास भएका विद्यालयको अवलोकन भ्रमणको व्यवस्था गर्ने ।

विद्यालय र स्थानीय तहको साझेदारीमा प्रविधिमैत्री शिक्षालाई जोड दिदै एक शिक्षक एक ल्यापटप व्यवस्थापन गर्ने, शैक्षिक उद्देश्य पूरा गर्नका लागि शैक्षिक क्यालेण्डरमा समानता ल्याउने घोषणा पत्रमा उल्लेख छ । सो अवसरमा सहजिकरण गर्दै शिक्षाविद् प्रध्यापक डा. विद्यानाथ कोइरालाले सामुदायिक विद्यालय सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावक संगै हिड्नु पर्ने बताउनु भयो ।

जनसंख्यामा आएको कमीका कारण विद्यार्थी घट्नुलाई स्वभाविक मान्दे गुणस्तरीय शिक्षामा ध्यान दिन सकेमा सामुदायिक विद्यालय अब्बल बन्न सक्ने विभिन्न उदाहरण पेश गर्दै उहाँले विद्यार्थीलाई समेत उद्यमी बनाउने र आय आर्जनमा जाड्ने खालको सीपले अभिभावकलाई समेत फाइदा पुग्ने बताउनु
भयो ।

विद्यालयको पहिलो अनुगमन कर्ता विद्यार्थी र दोस्रो अनुगमनकर्ता अभिभावक रहेकाले शिक्षक सदैव चनाखो हुँन आवश्यक रहेको उहाँको तर्क छ ।

अहिलेका शिक्षकहरु आफ्नो दक्षता र क्षमता देखाउनै नमान्ने खालका छन्, खुबी भएर समेत देखाउन नमान्ने शिक्षकले आफ्नो विकास गर्न जरुरी रहेकाले शिक्षक प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहजिकरण गर्दै गण्डकी प्रदेश सांसद डिल्लिराम सुवेदीले गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालय व्यवस्थापन समितिले सक्रियताका साथ काम गरे राम्रो नतिजा ल्याउन सकिने उदाहरण बागलुङमै रहेको बताउनुभयो ।

शैक्षिक अन्तरक्रिर्या कार्यक्रममा प्रशिक्षक, पूर्ण प्रसाद दवाडीले अभिभावक परिचालन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दवाडीले अभिभावक र समाजले चाहेमा सामुदायिक विद्यालय शैक्षिक र गुणस्तर क्षेत्रमा अब्बल बन्न सक्ने बताउनुभयो ।

अन्तरक्रिर्या कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष गुणराज मोक्तानले विद्यालय सुधारमा सामुदायिक विद्यालय व्यवस्थापन समितिको अभियानका विक्षयमा जानकारी दिनुभएको थियो । सामुदायिक विद्यालय व्यवस्थापन महासंघले सामुदायिक विद्यालयको सुधारको लागि देशव्यापी अभियान चलाइएको बताउदै सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताउनुभयो । बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलले सफल विद्यालय र असफल विद्यालयका विशेषताहरुको विषयमा सहभागी शिक्षक, प्रधानध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराउनुभएको थियो ।

अन्तरक्रिर्या कार्यक्रममा समुदाय र व्यवस्थापन समितिको अगुवाईमा शैक्षिक क्षेत्रमा फड्को मारेको बागलुङ नगरपालिका–१४ स्थित गणेश माध्यामिक विद्यालय र भौतिकरुपमा फड्को मारेको बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय लामिचौरको पत्रकार सुवास आचार्यले तयार पारेको वृत्तचित्र समेत देखाइएको थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य चम्पादेवि खड्काले सामुदायिक विदालय नीजि भन्दा अब्बल बन्न थालेको बताउदै विद्यार्थीको संख्या भन्दा गुणस्तर बढाउन सामुदायिक विद्यालय लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्र थापा, जित शेरचन,जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, वडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा, जैमिनी नगरपालिकाका उप प्रमुख हरिहर शर्मा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख युक्त प्रसाद शर्मा लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रम समुदायिक विद्यालय व्यवस्थापन समिति गण्डकी प्रदेश अध्यक्ष टिकाराम थापाको अध्यक्षता, भवानी प्रसाद रिजालको स्वागत तथा प्रदेशका कोषाध्यक्ष भावना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । सामुदायिक विद्यालय व्यवस्थापन समिति गण्डकी प्रदेशले बागलुङ जिल्लामा शैक्षिक क्षेत्रमा भइरहेको निराशालाई उर्जा भर्नका लागि शैक्षिक अन्तरक्रिर्या र उत्प्रेरक कार्यक्रम आयोजना प्रदेश अध्यक्ष थापाले बताउनु भयो ।

हामी सुधार्छौं हाम्रो विद्यालय’ भन्ने मुल नारा बोकेर महासंघ अघि बढेको र सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार्न शिक्षक, विद्यार्थी, अविभावक, व्यवस्थापन समिति र नियामक निकाय सबैको सहकार्य आवश्यक रहेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले जनाएको छ।