राेटरी क्लब बाट बागलुङ नगरपालिका ४ का सीता सापकोटालाई ह्वील चेयर प्रदान

-


     हिडन खबर    
     जेठ २६ गते २०८१ मा प्रकाशित


बागलुङ /अन्तर्राष्ट्रिय सामाजिक संस्था राेटरी क्लब अफ बागलुङले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एकजना अपांग महिलालाई ह्वील चेयर सहयोग गरेको छ ।

बागलुङ नगपालिका वार्ड न ४, फेदी निवासि चन्द्रमणि सापकोटा को २९ बर्स को छोरी सिता सापकोटा उच रक्तचापको कारण पक्ष्यघात भई हिडडुल गर्न सहज हाेस भन्ने हेतुले घरमै पुगेर ह्वील चेयर हस्तान्तरण गरेको राेटरी क्लब अफ बागलुङका अध्यक्ष दीपेन्द्र घिमिरेले बताउनुभयाे ।
चौविसै घण्टा विस्तारामा सुत्नु पर्ने अवस्था अनि शौचालय जादा बुवाले बोकेर जानु पर्ने अवस्था लाई सहज बनाउने उदेश्यले प्रदान गरिएको ह्वील चेयर सहयोगी हुने सिताका बुबा चन्द्रमणि सापकोटाले बताउनुभयाे ।

बागलुङ नगरपालिका बाट अपाङ्गताकाे राताे कार्ड पाएका सीताले ह्वील चेयरकाे लागि नगरपालिका लगायत सराेकारवाला निकायमा माग गर्दासमेत ह्वील चेयर पाउन सकेका थिएनन् ।राेटरी क्लबमा ह्वील चेयरकाे लागि माग गरेपछि सीतालाइ क्लबले घरमै पुगेर ह्वील चेयर प्रदान गरेको थियोे ।