मालिका माध्यमिक बिद्यालयमा बिपद ब्यवस्थापन तालिम

-


     हिडन खबर    
     जेठ ३० गते २०८१ मा प्रकाशित


बागलुङ /मालिका सेवा समाज बागलुङको आयोजनामा बिपद ब्यबस्थापन सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ ।

विपद बाजा बजाएर आउदैन समयमै सचेत बनाै भन्ने नारासाथ मालिका माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी लगायत स्थानीय सराेकारवालालाई बिपद ब्यवस्थापन सम्बन्धि सचेतिकरण गराइयो ।अहिले नेपालमा मनसुन भित्रन लागेको यसले ठूलो धनजनको क्षति पुर्‍याउने कुरा संचार माध्यममा आइरहेको बेला अहिले गरिएको सचेतना मुलक कार्यक्रमले तत्काल हुने बिपद लाइ न्युनिकरण गर्न सकिने धारणा कार्यक्रममा राखिएको थियो ।

बागलुङ नगरपालिका वडा नम्बर ५ का विद्यार्थी शिक्षक , जनप्रतिनिधि ,सामाजिक संघ सस्थाका प्रतिनिधिका बिच सम्पन्न कार्यक्रममा सस्थाका संरक्षक दुर्गा कुवरले मालिका सेवा समाजका गतिबिधी समय सान्दर्भिक साथै प्रेरणादायी रहेको हुदा सबैले सहयोग गर्न आग्रह गर्नु भयो।

बा न पा ५का वडा अध्यक्ष हरि प्रसाद रेग्मी र बा न पा १३ का वडा अध्यक्ष नारायण प्रसाद पौडेलले बिपद ब्यबस्थापनमा स्थानीय सरकार प्रतिबद्ध रहेको जनाउदै सेवा समाजका गतिबिधि सबैका लागि अनुकरणीय रहेको बताउदै सहकार्य गर्न अनुरोध गर्नु भयो। सस्था का अध्यक्ष जीवन नाथ शर्मा रेग्मिले सहजीकरण गरेको कार्यक्रम मा अन्तरक्रियात्मक हिसाबले छलफल गरियकोथियो।सो कार्यक्रम सस्थाका अध्यक्ष जीवन नाथ शर्मा रेग्मिको अध्यक्षता,स्वागत सस्थाका उपाध्यक्ष आनन्द प्रसाद रेग्मिले र संचालन सस्थाका उपसचिव मातृका प्रसाद आचार्यले गर्नु भयको थियो।