
पर्वत / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ उपशाखाले पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङ स्थित दालपोखरी प्राथमिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको छ ।
बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि कम्पनिको बागलुङ उपशाखाद्वारा उक्त विद्यालयका सबै विद्यार्थीलाई झोला, कापी लगायतका शैक्षिक सामाग्री बितरण गरिएको हो ।
कम्पनिको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको कम्पनिका बागलुङ उपशाखा प्रबन्धक हरि प्रसाद काफ्लेले जानकारी दिए ।
काफ्लेले उपस्थित ब्यक्तिहरुलाइ जीवन बिमाको फाइदाकाे बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समिती नेपाल लाइफ इन्स्योरेन्स कम्पनिका केन्द्रिय उपाध्यक्ष एवम् कम्पनिका वरिष्ठ एजेन्सी म्यानेजर राम शरण पोख्रेलले मानव जीवनमा भैपरी आउन सक्ने आर्थिक जोखिम हस्तान्तरण संगै भरपर्दो बचतको रुपमा बुझ्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समिती अध्यक्ष गणेश बस्याल, प्रधानाध्यापक अमृत शर्मा, कम्पनिका कुश्मा उपशाखा प्रमुख राम खड्का, स्थानिय सामाजिक ब्यक्तित्वहरु लेखनाथ पौडेल, बल बहादुर क्षेत्री, गायत्री पोख्रेल लगायतले आआफ्नो धारणा राखेका थिए ।
उपस्थित वक्ताहरूले जीवन बिमा कम्पनीले गरेको सहयोगबाट समाजमा बिमा प्रती सकारात्मक सन्देश फैलने धारणा राखेका थिए ।











