बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको परमादेश

-


     हिडन खबर    
     जेठ २५ गते २०८१ मा प्रकाशित


काठमाडौं । सर्वोच्च अदालतले झापास्थित दुर्गा प्रसाईकाे बी एन्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको हो ।

काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको नाममा जारी भएको परमादेशमा यस वर्षको शैक्षिक सत्र सुरु हुनु अघि नै सम्बन्धन दिन भनिएको छ । 

२०७३ सालमै मेडिकल कलेज सञ्चालनका लागि निवेदन दिए पनि २०७५ सालमा नयाँ चिकित्सा शिक्षा ऐन आएपछि रोकिएको थियो ।

सर्वोच्च अदालतकाे परमादेश पछि मेडिकल शिक्षा संचालनकाे बाटो खुलेको छ ।