शिक्षा

कालीगण्डकीका बिद्यार्थी बनाए अन्नबाट सात प्रदेशकोनक्सा

बागलुङ / देश संघीयतामा गएको कुरा तपाईं हामीलाई थाहा भए कै बिषय हाे सात प्रदेशको नक्सा पनि बजार तपाईं हामीले देख्ने र हेर्ने माैका नपाएका हैनाै ।अहिले बागलुङ सदरमुकाममा रहेको कालीगण्डकी आवाशीय बिद्यालयमा अध्ययनरत बिद्यार्थीले हाम्रो घर गाउँमा पाइनेअन्नकाे प्रयाेग गरेर सात प्रदेशको नक्सा बनाएर देखाएका छन् । कक्षा ९ मा अध्ययनरत संगम क्षेत्री ,गरीमा जीसि ,सुहनी राजभण्डारी ,राेजिस्मा राजभण्डारी कक्षा ७ मा अध्ययनरत सुजल शाक्य ,अनुप घर्ती ,आदित्य राजभण्डारीले नेपालकाे नक्सा र सात प्रदेशको नक्सा नयाँ कलात्मक ढंगले बनाएको… पुरा पढौ

अङ्ग्रेजी शिक्षकहरुको सङ्गठन (NELTA) अधिवेशन सम्पन्न

बागलुङ । अङ्ग्रेजी शिक्षकहरुको सङ्गठन (NELTA) बागलुङको जिल्ला अधिवेशन बागलुङमा सम्पन्न भएको छ ।कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्याय, क्याम्पसका अग्रेजी विभाग प्रमुख उपप्रध्यापक विजय राज पन्त, क्याम्पसका उपप्रध्यापक दिपेन्द्र जैसी, प्याब्सन बागलुङ नगर अध्यक्ष कृष्ण अधिकारी, नेल्टा गण्डकी प्रदेशका सचिव देव शर्मा, अध्यक्ष कमलराज लम्साल लगायतका बक्ताहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा इगलिस ल्याङवेज फेलोका अमेरिकी प्रतिनिधि आन्द्र परेज, मालिका माविका प्रधानाध्यापक वालकृष्ण सापकोटा, नेल्टा गण्डकी प्रदेशका अध्यक्ष कमलराज लम्साललले कार्यपत्र प्रस्तुत गरेका… पुरा पढौ

आगामी शैक्षिकसत्रकाे लागि पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन

काठमाडौं । चालु शैक्षिक सत्रकाे समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रकाे भर्नाअघि नै पुस्तक पाउने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाई सक्नेगरी काम तिब्रगतिमा भइरहेको जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएपछि गत वर्ष युद्धस्तरमा छपाई कार्य सम्पन्न भएर इतिहासमा नै पहिलोपटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको अनुगमन टोलीसँग लिमिटेडका प्रबन्ध निर्देशक… पुरा पढौ

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्ने प्रधानमन्त्रीकाे धारणा

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ। त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ।” चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक बसिने प्रधानमन्त्रीले जानकारी दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै… पुरा पढौ

धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउन उपकुलपति लाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ । उहाँले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा कार्कीलाई भन्नुभयो, “तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।” यसैबीच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई… पुरा पढौ

शिक्षा समितिको निर्देशन राेकिराखेकाे नर्सिङ तर्फकाे भर्ना लिनु

काठमाडौँ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रोकिएका नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलाई रोकिएको भर्ना लिइ कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । सीटीईभीटीको सम्बन्धन तथा गुणस्तर सम्बन्धमा गठित उपसमितिको २५ पुस २०७९ को प्रतिवेदनमाथि समितिमा छलफल भएको थियो । सोही आधारमा समितिले सरकारलाई आवश्यक निर्देशन तथा सुझाव कार्यान्वयन गर्न भनेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ अनुसार सञ्चालनमा रहेका स्वास्थ्य तर्फका प्रवीणता… पुरा पढौ

नवयुबक आधारभूत विद्यालयको ब्यवस्थापन समिती गठन

बाग्लुङ /काठेखोला गाउँपालिका-५,बिहुँ स्थित नवयुबक आधारभूत विद्यालयमा मोहन प्रसाद पुनको अध्यक्षतामा नौ सदस्यीय बिद्यालय ब्यवस्थापन समिती गठन गरिएको छ ।समितीको सदस्यमा खड्क बहादुर सुनार, सुमा थापा, लक्ष्मण प्रसाद कंडेल, हिरा परियार, जमुना सापकोटा सर्वसम्मत निर्वाचित भएका छन । यस्तै वार्डको प्रतिनिधितब गर्दै सदस्यमा भुमा पुन, शिक्षकको प्रतिनिधित्व गर्दै सदस्यमा अम्मराज सेजुवाल र सदस्य सचीवमा बिद्यालयका प्रधानाध्यापक देबनारायण सापकोटा चयन भएका छन । बिद्यालयसंग आवद्ध अभिभावकहरुको भेलाबाट बिद्यालयलाइ ब्यवस्थापकिय रुपमा बलियो बनाउनको लागि ब्यवस्थापन समिती गठन गरिएको बिद्यालयका प्रधानाध्यापक देबनारायण सापकोटाले… पुरा पढौ

महावीर पुन पुस्तक बेच्दै बागलुङ आइपुगे

बागलुङ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन यतिबेला देश किताब बेच्ने क्रममा बागलुङमा  छन्। मंगलबार दिनभर किताब बेच्ने देश दौडाहामा निस्केका उनी म्याग्दी बेनी हुँदै बागलुङ आइपुगेका हुन् । आफ्नै सपना, सम्झना र अविरल जीवन यात्रा समेटिएको ‘महावीर पुन’ पुस्तक लिएर उनी काठमाडौंबाट निस्केका हुन्। सदरमुकाम बागलुङ बजारमा पुगेर किताब बेचेका थिए ।पुनको अभियान लाइ बागलुङ बासिले सहर्ष स्विकार्दै पुस्तक खरिद गरेका थिए । पुनले पुस्तकमा आफ्नो हस्ताक्षर गरेर पुस्तकका पाठकलाईपुस्तक बिक्री गरेका थिए ।राष्ट्रिय आविस्कार केन्द्रकाे अभियान राम्रो भएको… पुरा पढौ

पुस्तक स्टेसनरीकाे स्थापना दिवसमा शैक्षिक सामाग्री प्रदान

बागलुङ / गुणस्तरीय सेवा आजको आवश्यकता भन्ने नारा साथ स्थापित नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको स्थापना दिवसको अवसरमा बागलुङमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बागलुङको आयोजना ,मालिका सेवा समाजको सहकार्य र नेपाल रेडक्रस साेसाइटी मालिका उपशाखाकाे समन्वयमा महासंघको १७ आ‌ैं स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका ५ मालिका आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थी लाइ श‌ैक्षिक सामाग्री एक कार्यक्रम बिच प्रदान गरियो । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका पुर्व अध्यक्ष नवराज पाैडेल ,मालीका… पुरा पढौ

चन्द्रागिरि नगरपालिका ६ काे आश्रममा स्वास्थ कार्यक्रम

काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर -६ मा रहेको आश्रममा आमाहरुलाई सामुदायिक स्वास्थ नर्स बाट स्वास्थ्य सम्बन्धि धेरै कुराहरु सिकाइयाे । आश्रममा रहेका आमाहरूसंग अन्तरक्रिया कार्यक्रम गरि केहि समय जेष्ठ आमाहरुलाइ ब्यायाम गराइ स्वस्थ रहनकाे लागि शिक्षा दिने काम भएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा सदस्य शान्ता वलामीले बताउनु भयो । कार्यक्रममा वडा नम्वर -६ का स्वास्थ नर्स सरु महर्जन वडा नम्बर ३ का अमृता गाेपाली वडा नम्बर ८का अनिमा थापावडा नम्बर १२ का संझना भण्डारी र वडा… पुरा पढौ