शिरीष देवकोटाको ‘फेवा तालैमा’ सार्वजनिक हुँदै, प्रेम र प्रकृतिको सुन्दर संगम

-


     केपी कुमार जलन     
     असार ८ गते २०८३ मा प्रकाशित


काठमाडौं । नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘फेवा तालैमा’ सार्वजनिक हुने तयारीमा रहेको छ। गायक शिरीष देवकोटा र मेलिना राईको सुमधुर स्वरमा सजिएको यस गीतले पोखराको प्रसिद्ध फेवातालको सौन्दर्यसँगै प्रेमभावलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।

बिन्दाबासिनी म्युजिकको प्रस्तुति रहेको गीतमा शिरीष देवकोटाकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन हेम किस्मतले गरेका छन्। गीतको भिडियो निर्देशन राजीव समरले गरेका हुन्।

भिडियोमा कलाकार प्रभात पल ठकुरी र शिल्पा पोखरेलको आकर्षक अभिनय देख्न सकिनेछ।
फेवातालको रमणीय परिवेशमा छायांकन गरिएको भिडियोले दर्शकलाई प्रेम, रोमान्स र प्राकृतिक सौन्दर्यको अनुपम अनुभूति गराउने अपेक्षा गरिएको छ।

सार्वजनिक हुनुअघि नै सार्वजनिक गरिएको पोस्टरमार्फत गीतले संगीतप्रेमीहरूको ध्यान आकर्षित गरिरहेको छ। उत्कृष्ट गायन, मन छुने शब्द, सशक्त संगीत तथा आकर्षक दृश्य संयोजनका कारण ‘फेवा तालैमा’ नेपाली संगीत बजारमा चर्चित बन्ने विश्वास गरिएको छ।

गीतले प्रेम र प्रकृतिको सुन्दर संगम प्रस्तुत गर्दै दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउन सफल हुने अपेक्षा गरिएको छ।