कालीगण्डकीका बिद्यार्थी बनाए अन्नबाट सात प्रदेशकोनक्सा

-


     हिडन खबर    
     माघ १९ गते २०८० मा प्रकाशित


बागलुङ / देश संघीयतामा गएको कुरा तपाईं हामीलाई थाहा भए कै बिषय हाे सात प्रदेशको नक्सा पनि बजार तपाईं हामीले देख्ने र हेर्ने माैका नपाएका हैनाै ।अहिले बागलुङ सदरमुकाममा रहेको कालीगण्डकी आवाशीय बिद्यालयमा अध्ययनरत बिद्यार्थीले हाम्रो घर गाउँमा पाइने
अन्नकाे प्रयाेग गरेर सात प्रदेशको नक्सा बनाएर देखाएका छन् ।

कक्षा ९ मा अध्ययनरत संगम क्षेत्री ,गरीमा जीसि ,सुहनी राजभण्डारी ,राेजिस्मा राजभण्डारी कक्षा ७ मा अध्ययनरत सुजल शाक्य ,अनुप घर्ती ,आदित्य राजभण्डारीले नेपालकाे नक्सा र सात प्रदेशको नक्सा नयाँ कलात्मक ढंगले बनाएको कालीगण्डकी आवाशीय बिद्यालयका सामाजिक बिषयका शिक्षक जीवन नाथ शर्माले बताए । बिद्यार्थीहरू
पुस्तक पढ्ने मात्र नभइ अतिरिक्त क्रियाकलापमा पनि संलग्न हुन जरुरी छ बिद्यार्थीलाइ सामाजिक र ब्यवहारिक बनाउन पनि यसले महत्त्वपूर्ण भुमिका खेल्ने शर्माले बताए ।

धान र मकै प्रयोग गरे नेपालकाे चुच्चे नक्सा र केराउ ,धान लगायत अन्न प्रयोग गरेर कलात्मक ढंगले सात प्रदेशको नक्सा बनाएर आफ्नो फरक क्षमता प्रस्तुत गरेको कालीगण्डकी आवाशीय बिद्यालयका भाइस प्रिन्सिपल सुरेन्द्र शाक्यले बताए ।

बिद्यालयमा आयोजीत कार्यक्रममा बिद्यार्थीले बनाएका नक्साहरू हस्तान्तरण गरिएको थियो ।