
बागलुङ : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन यतिबेला देश किताब बेच्ने क्रममा बागलुङमा छन्। मंगलबार दिनभर किताब बेच्ने देश दौडाहामा निस्केका उनी म्याग्दी बेनी हुँदै बागलुङ आइपुगेका हुन् ।
आफ्नै सपना, सम्झना र अविरल जीवन यात्रा समेटिएको ‘महावीर पुन’ पुस्तक लिएर उनी काठमाडौंबाट निस्केका हुन्। सदरमुकाम बागलुङ बजारमा पुगेर किताब बेचेका थिए ।पुनको अभियान लाइ बागलुङ बासिले सहर्ष स्विकार्दै पुस्तक खरिद गरेका थिए ।
पुनले पुस्तकमा आफ्नो हस्ताक्षर गरेर पुस्तकका पाठकलाई
पुस्तक बिक्री गरेका थिए ।राष्ट्रिय आविस्कार केन्द्रकाे अभियान राम्रो भएको हुनाले अभियान सफल बनाउन पुस्तक खरिद गरेको राेटरी क्लब अफ बागलुङका अध्यक्ष दिपेन्द्र घिमिरेले बताए ।















