राजनीति

स्थानीय निर्वाचनकाे नतिजा पछि क्रिया प्रतिक्रिया

बागलुङ ।बैशाख ३० गते भएको स्थानीय तहको नतिजा धमाधम सार्वजनिक हुदै गएपछि राजनीतिदलका नेता तथा कार्यकर्ता सर्वसाधारणले सामाजिक संजाल फेसबुक फेसबुकमा क्रिया प्रतिक्रिया ब्यक्त गरेका छन् । चुनावी नतिजा लाई हेरेर राजनीति बिश्लेशन देखि राजनीति पार्टीका नेताहरूले पदबाट राजीनामा दिनुपर्ने जस्तो आक्राेश अभिब्यक्ति दिएका छन् । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तहमा ५ दलीय गठबन्धन र एमाले राप्रपा गठबन्धन बिच भएको चुनावी तालमेल बाट जिल्लामा राजनीति दलले गरेको राजनीति जाेड घटाउ भन्दा फरक नतिजा नदेखिएपछि नयाँ तरङ्ग छाएको छ ।… पुरा पढौ

बागलुङ नगरपालिका – १० मा समाजवादी नेतृत्वको प्यानल विजयी

बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेमा नेकपा एकिकृत समाजवादीका तिल बहादुर थापा मगरको प्यानल विजयी भएको छ । गठबन्धनबाट उम्मेदवार मगरले ८ सय ९६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विजय थापाले ८ सय २७ मत मत प्राप्त गरेका छन् । यसै गरी महिला सदस्यमा गठबन्धनबाट पविन्द्र कुमारी मल्ल ८ सय ८०, दलित महिला सदस्यमा डीलमाया किसान ८ सय ८१, खुल्ला वडा सदस्यमा मनबहादुर थापा ,८ सय ६६ र हर्कबहादुर थापा ८… पुरा पढौ

बागलुङ नगर – ४ को वडा अध्यक्षमा माओवादीका क्षेत्री निर्वाचित

बागलुङ नगरपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका कुमार विक्रम क्षेत्रीको बहुमत सदस्य सहितको प्यानल विजयी भएको छ । गठबन्धनबाट क्षेत्रीले १ हजार ३३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कल्याण केसीले ५ सय ९४ मत प्राप्त गरेका छन् । यसै गरी महिला सदस्यमा गठबन्धनबाट ज्योति केसी विष्ट ९ सय ३१, दलित महिला सदस्यमा रुविना विक ८ सय ७८, खुल्ला वडा सदस्यमा अर्जुन सापकोटा ८ सय ८४ र एमालेका गोविन्द पुन… पुरा पढौ

बागलुङको ढोरपाटन नगर प्रमुखमा एमालेका नेपाली र उपप्रमुखमा काँग्रेसका कायत विजयी

बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) का चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालको लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गर्नुभएको छ । नगरपालिकाको उपमेयरमा पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका धनबहादुर कायत विजयी भएका छन् । कायतले ५ हजार ६५० मत प्राप्त गरेको छन् । उपमेयरमा राष्ट्रिय जनमोर्चा (विद्रोही समहु)का ताराकुमारी पुनले ४… पुरा पढौ

बरेङ गाउँपालिकाको अध्यक्षमा राजमोका शर्मा र उपाध्यक्षमा काँग्रेसका पुन विजयी

बागलुङको बरेङ गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा विजयी भएका छन् ।सत्तारुढ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार शर्मा ३ हजार ६०१ मत प्राप्त गरि विजयी भएका हुन् । अध्यक्षमा नेकपा एमालेका प्रदिप थापाले २ हजार २३२ मत प्राप्त गरेका छन् । नवनिर्वाचित शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका दिलिप कुमार पुन विजयी भएका छन् । पुनले ३ हजार ६८२ मत प्राप्त गर्दा नेकपा एमालेका दुर्गा कार्की थापा क्षेत्रीले १ हजार ९५५ मत प्राप्त गरेकी छिन् ।गाउँपालिकाको… पुरा पढौ

बागलुङ नगरपालिका – ११ को वडा अध्यक्षमा कांग्रेसका गौतम पुनः निर्वाचित

बागलुङ – बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द गौतमको प्यानल विजयी भएको छ ।गठबन्धनबाट उम्मेदवार बनेका गौतमले ७ सय ९० मत प्राप्त गरी दोस्रोचोटि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका चिरिन्जिवि केसीले ३ सय ३२ मत प्राप्त गरेका छन् । यसै गरी महिला सदस्यमा टुका देवी शर्मा आचार्यले ७ सय ६४,दलित महिला सदस्यमा गंगा बस्याल ७ सय ७६, खुल्ला वडा सदस्यमा खेम थापा मगर ७ सय ८७, नन्द बहादुर… पुरा पढौ

निसीखोला गाउँपालिकाको अध्यक्ष – उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धले निर्वाचन जितेको छ । गाउँपालिका अध्यक्ष पदमा गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सूर्य बहादुर घर्ती र उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका प्रेम बहादुर घर्ती विजयी भएका हुन् । अध्यक्षमा कांग्रेसका घर्तीले ५ हजार ५ सय ११मत प्राप्त गरि विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भुमिराज घर्तीले २ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा गठबन्धनबाटका उम्मेदवार प्रेम घर्तीले ५ हजार मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी… पुरा पढौ

बागलुङ नगरपालिका ३ मा केसी वडा अध्यक्षमा निर्वाचित

बागलुङ नगरपालिका वडा नम्वर ३ मा नेपाली कांग्रेसका लक्ष्मण केसीको गठवन्धनको प्यानल विजयी भएको छ। सोमबार सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमल खड्कालाई २ सय १२ मतान्तरले पराजित गरेका छन् । केसीले ९ सय ८३ मत प्राप्त गर्दा एमालेका कमल खड्काले ७ सय ६६ मत मत पाएका छन् । त्यस्तै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका पुनम शर्माले ६ सय १३, बावुलाल शाक्यले २ सय ६० र पिंगलराज गौतमले ७७ मत प्राप्त गरेका छन् । गठवन्धनबाट महिला वडा सदस्यमा धनमाया… पुरा पढौ

गठबन्धन लाई चुनौती दिदै स्वतन्त्र उम्मेदवारले मारे वडामा बाजी

बागलुङ नगरपालिका वडा नम्बर १२ मा ५ दलीय गठबन्धन लाई चुनौती दिदै स्वतन्त्र रूपमा उम्मेदवार बनेका वडा अध्यक्ष लगाएतको प्यानलै विजयी भएका छन् । गठबन्धनमा संलग्न राजनीति दल राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्मालाई वडा अध्यक्ष र माआ‌ेवादी केन्द्रलाई एक महिला सदस्य, जनता समाजवादीलाई एक सदस्य र अरू २ सदस्य नेपाली कांग्रेसलाई दिने राजनीति सहमति भएकोमा त्यसमा आपत्ति जनाउँदै नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ताले स्वतन्त्र रूपमा उमेदवारी दिएका थिए । अन्यत्र वडाका गठबन्धन अनुसार तालमेल भएपनि वडा नम्बर १२ मा भने… पुरा पढौ

जैमिनी नगरपालिका – ७ को वडा अध्यक्षमा केन्द्र रसाईली विजयी

बागलुङ - बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीको वडा अध्यक्षमा केन्द्र रसाईली निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका उनले ८ सय ३९ मत प्राप्त गरि विजयी भएका हुन् । खुल्ला महिला सदस्य युगमाया राना थापाले १ हजार १३, दलित महिला सदस्यमा बिमला सुनारले १ हजार ९, खुल्ला सदस्यमा भुपेन्द्र रानाले १ हजार ८७ र खुल्ला सदस्य अर्जुन शर्माले ८ सय ६४ मत प्राप्त गरी निर्वाचित भएका छन् । राजनीतिलाई पेशा नबनाइ सेवा बनाउने उद्देश्यका साथ जनताको… पुरा पढौ