बागलुङ नगरपालिका – १० मा समाजवादी नेतृत्वको प्यानल विजयी

-


     हिडन खबर    
     जेठ ३ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेमा नेकपा एकिकृत समाजवादीका तिल बहादुर थापा मगरको प्यानल विजयी भएको छ । गठबन्धनबाट उम्मेदवार मगरले ८ सय ९६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विजय थापाले ८ सय २७ मत मत प्राप्त गरेका छन् । यसै गरी महिला सदस्यमा गठबन्धनबाट पविन्द्र कुमारी मल्ल ८ सय ८०, दलित महिला सदस्यमा डीलमाया किसान ८ सय ८१, खुल्ला वडा सदस्यमा मनबहादुर थापा ,८ सय ६६ र हर्कबहादुर थापा ८ सय ६१ मतका साथ विजयी भएका छन् ।बागलुङ नगरपालिका वडा नं १० बाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठले ९ सय३४ र नेकपा एमालेका जनक राज पौडेलले ७ सय ५४ मत प्राप्त गरेका छन् ।