पर्वतको जलजला – ८ मा काँग्रेसका जिसीको प्यालन विजयी

-


     हिडन खबर    
     जेठ ३ गते २०७९ मा प्रकाशित


पर्वतको जलजला गाउँपालिका ८ नाग्लिवाङमा गठवन्धनबाट उम्मेदवार बनेका हरि विकास जिसीको प्यानल विजयी भएको हो । पहिलो स्थानिय तहका निर्वाचनमा वडा अध्यक्ष विजयी भएका जिसी दोस्रो कार्याकालको लागि पुनः वडा अध्यक्षमा विजयी भएका छन् ।

मंगलबार सम्पन्न मतगणनाबाट जिसी एमालेका अनिता रेग्मीसँग ३ सय १४ मतको अन्तरले जिसी विजयी भएका हुन् । जिसीले ८ सय ७३ मत प्राप्त गर्दा रेग्मीले ५ सय ५९ मत प्राप्त गरेकी छन् । वडा सदस्यमा सम्झना रेग्मी,सुनिता परियार, खिमबहादुर खत्री र सोम बहादुर जिसी विजयी भएका छन् ।