बागलुङ नगरपालिका – ६ मा वडा अध्यक्ष एमाले र ४ सदस्य गठवन्धनबाट

-


     हिडन खबर    
     जेठ ३ गते २०७९ मा प्रकाशित


बागलृुङ – बागलुङ नगरपालिका–६ मा नेकपा एमालेका रुद्र बहादु केसी विजयी भएका छन्। गठवन्धनकोबाट उम्मेदवार वनेका नेपाली काग्रेसका टेक वहादुर थापालाई पराजित गर्दै केसी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ७ सय ८७ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी थापाले ६ सय ३८ मत प्राप्त गरेका थिए ।

वडामा गठवन्धनबाट उम्मेदवार बनेका महिला सदस्य नेपाली कागँग्रेसका रन्जिता सापकोटाले ७८४, माओवादी केन्द्रका शान्ता नेपालीले ७५०, माओवादी केन्द्रका कृष्ण प्रसाद सापकोटाले ७१० र नेपाली काग्रेसका पदम बहादुर क्षत्रीले ७४६ मत सहित विजयी भएका छन् । वडा सदस्यमा उम्मेदवारी दिएका निवर्तमान वडा अध्यक्ष खिमराज सापकोटा भने पराजय भएका छन् ।