
पर्वतको जलजला गाउँपालिका ७ धाईरिङमा गठवन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका टुङगनाथ आचार्यको प्यानल विजयी भएको छ । आचार्य दोस्रो कार्याकालको लागि एमालेका भिम प्रसाद आचार्यसँग १ सय ६३ मत अन्तरमा पुनः वडा अध्यक्षमा विजयी भएका हुन । विजयी आचार्यले ९ सय ८२ मत ल्याउदा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका आचार्यले ८ सय १९मत प्राप्त गरेका थिए । वडा सदस्यमा गठवन्धनबाट उम्मेदवार बनेका नेपाली काग्रेसका लक्ष्मी कुमारी आचार्य, आरती सुनार,पोम बहादुर खत्री र माओवादी केन्द्रका नन्दबहादुर दर्जी विजयी भएका छन् । जलजला गाउँपालिका ७ बाट गाँउपालिका अध्यक्षमा काँग्रेसका राजु आचार्यले १ हजार ६ सय ७० र एमालेका लालबहादुर अधिकारीले २ सय ५७ मत प्रप्त गरेका थिए । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका दिपक आचार्यले १ हजार २ सय ४६ र एमालेका सुनिता बरुवालले ५ सय ८४ प्राप्त गरिेकी छन् ।









