पर्वतको जलजला गाउँपालिका अध्यक्षमा काँग्रेसका आचार्य र उपाध्यक्षमा माओवादी आकाश विजयी

-


     हिडन खबर    
     जेठ ३ गते २०७९ मा प्रकाशित


पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् ।

मंगलबार सम्पन्न मतगणनामा गठवन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली काँग्रेसका राजु आचार्य र उपाध्यक्षमा माओवादी केन्द्रका दिपक आचार्य आकाश विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित आचार्यले नेकपा एमालेका लाल बहादुर अधिकारीलाई १ हजार ४ सय ७३ मतान्तरमा पराजित गरे ।

आचार्यले ५ हजार ६ सय ५७ मत र अधिकारीले ४ हजार १ सय ८४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निर्वाचित दिपक आचार्यले नेकपा एमालेका सुनिता वरुवाललाई ७७ मतले पराजित गरेका छन् । आचार्यले ४ हजार ७ सय ९२ मत ल्याउदा वरुवालले ४ हजार ७ सय १५ मत ल्याइन् । ९ बटा वडा रहेको जलजला गाँउपालिकामा पाँच वडा वडा एमाले , दुई वटा वडा काँग्रेस र दुईवटा वडा माओवादीले जितेको छ । गठबन्धनको आयोजनामा मंगलबारनै मिलनचोक मोहनचोक लामाखेत लगाएतका स्थानमा विजयी उत्सव तथा र्‍याली सम्पन्न भएको छ ।