बागलुङ नगरको मेयरमा काँग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीका खड्काको सानदार जित

-


     हिडन खबर    
     जेठ ४ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकामा पाँच दलीय गठबन्धले निर्वाचन जितेको छ । बागलुङ नगरपालिकाकोे प्रमुखमा गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठ मेयर र माओवादी केन्द्रका राजु खड्का उपमेयरमा विजयी भएका हुन् ।

मेयरमा कांग्रेसका श्रेष्ठले १४ हजार ६ सय ७८ मत प्राप्त गरि विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जनकराज पौडेलले ८ हजार ८ सय २१ मत प्राप्त गरेका छन् । श्रेष्ठ पौडेलसँग ५ हजार ८ सय २१ मतको फराकिलो अन्तरले विजयी भएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा करिव २२ सय मत अन्तरले श्रेष्ठसँग विजयी भएका पौडेल दोश्रो पटक ५ हजार ८ सय २१ मतको फराकिलो अन्तरमा पराजित भएका छन् । ३० वर्षपछि पहिलो पटक बागलुङ नगरपालिको नेतृत्व नेपाली काँग्रेसले जित हाँसिल गरेको छ ।

उप मेयरमा माओवादीका खड्काले १२ हजार ४ सय २७ मत प्राप्त गरि विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी राप्रपाका संजय खड्काले ८ हजार ६५ मत प्राप्त गरेका छन् । राजु खड्काले ४ हजार ३ सय ५२ मतको अन्तरले उप मेयरमा विजयी भएका छन् । २०४९ को स्थानीय निर्वाचनपछि माओवादी केन्द्र पहिलो पटक बागलुङ नगरपालिकाको नेतृत्वमा पुगेको हो ।
२०४६ सालको राजनीतिक परिवर्तन पछि बागलुङ नगरपालिकाको निर्वाचनमा सधै भरी उपविजेताको रुपमा रहेको नेपाली कांग्रेस