
बागलुङको जैमिनी नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका प्रमुख र उप प्रमुख बिजयी भएका छन् । नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन भारी मतले निर्वाचित भएका छन् । पुनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानालाई ५ हजार ८ सय ८२ मतान्तरले पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन् । पुनले ८ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार रानाले २ हजार ८ सय ७३ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली काँग्रसका हरिहर शर्मा भारी मतअन्तरमा निर्वाचित भएका छन् । उनी ६ हजार ५ सय ३७ मतान्तरले उपप्रमुखमा निर्वाचित भएका हुन् ।
शर्माले ९ हजार १ सय ७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उषा पौडेलले २ हजार ६ सय ३६ मत प्राप्त गरेकी छन् ।
नगरपालिकामा नेपाली काँग्रेसले वडा नम्वर १ कुश्मीसेरा, २ दमेक, ५ बिनामारे, ७ जैदी र ८ छिस्ती गरि पाँच वटा वडामा वडा अध्यक्ष विजयी प्राप्त गरेको छ भने माओवादी केन्द्रले वडा नम्वर ३ दमेक र वडा नम्वर ६ अर्जेवामा जित हाँसिल गरेको छ । यस्तै
राष्ट्रिय जनमोर्चाले वडा नम्वर १० राङखानी र नेकपा एमालेले वडा वडा नम्वर ९मा विजयी प्राप्त गरेको छ ।









