
बागलुङ नगरपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका कुमार विक्रम क्षेत्रीको बहुमत सदस्य सहितको प्यानल विजयी भएको छ । गठबन्धनबाट क्षेत्रीले १ हजार ३३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका कल्याण केसीले ५ सय ९४ मत प्राप्त गरेका छन् । यसै गरी महिला सदस्यमा गठबन्धनबाट ज्योति केसी विष्ट ९ सय ३१, दलित महिला सदस्यमा रुविना विक ८ सय ७८, खुल्ला वडा सदस्यमा अर्जुन सापकोटा ८ सय ८४ र एमालेका गोविन्द पुन ८ सय ६० मतका साथ विजयी भएका छन् ।बागलुङ नगरपालिका वडा नं ४ बाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठले १ हजार ७९ मत र नेकपा एमालेका जनक राज पौडेलले ५ सय १ मत प्राप्त गरेका छन् ।









