
बागलुङ ।बैशाख ३० गते भएको स्थानीय तहको नतिजा धमाधम सार्वजनिक हुदै गएपछि राजनीतिदलका नेता तथा कार्यकर्ता सर्वसाधारणले सामाजिक संजाल फेसबुक फेसबुकमा क्रिया प्रतिक्रिया ब्यक्त गरेका छन् । चुनावी नतिजा लाई हेरेर राजनीति बिश्लेशन देखि राजनीति पार्टीका नेताहरूले पदबाट राजीनामा दिनुपर्ने जस्तो आक्राेश अभिब्यक्ति दिएका छन् ।




बागलुङ जिल्लाकाे १० वटा स्थानीय तहमा ५ दलीय गठबन्धन र एमाले राप्रपा गठबन्धन बिच भएको चुनावी तालमेल बाट जिल्लामा राजनीति दलले गरेको राजनीति जाेड घटाउ भन्दा फरक नतिजा नदेखिएपछि नयाँ तरङ्ग छाएको छ । १० वटा स्थानीय तहको सबै नतिजा आएपछि बल्ल नयाँ राजनीति समिकरण बन्न सक्ने आकलन गरिएको छ ।









