धादिङ, मंसिर १० — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्ने विशेष इच्छा नभएको बताउँदै जनताको सेवकका रूपमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बेनिघाट–रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै उनले स्थानीय विकास, राष्ट्रिय राजनीति र पार्टीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन्। कार्यक्रममा नेता राजेन्द्र पाण्डेले प्रचण्डलाई फेरि प्रधानमन्त्री देख्न चाहेको बताएका विषयमा प्रचण्डले भने, “देश र जनताले चाहे जिम्मेवारीबाट पछि हट्दिन, तर प्रधानमन्त्री बन्ने धेरै चाहना अब छैन।” उनीले बुढीगण्डकी जलविद्युत् आयोजनालाई…
पुरा पढौ