राजनीति

चुनावी प्रचारमा पाँच दलीय गठबन्धन: बागलुङ नगरपालिकाको नारायणस्थानबाट सुरु

बैशाख ३० गतेको स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै पाँच दलीय गठबन्धन चुनावी मैदानमा होमिएको छ । गठबन्धनले आज शनिबारदेखि बागलुङ नगरपालिकाकाे वडा नम्बर १४ नारायणस्थानबाट चुनावी प्रचारप्रसार कार्यक्रम सुरु गरेको हो । बागलुङ नगरपालिकाको मेयरका उमेदवार बसन्त कुमार श्रेष्ठ, उप मेयरका उमेदवार राजु खड्का लगायत वडा अध्यक्ष, सदस्य सहित पाँच दलीय गठबन्धनका जिल्ला नेताहरूको उपस्थितिमा चुनावी कार्यक्रमको सुभारम्भं गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुखका उम्मेदवार बसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकामा सर्वप्रथम मितव्ययीता र सुशासन कायम गर्नका निम्ती पाँच दलिय गठबन्धनका उम्मेदवारलाई… पुरा पढौ

माआ‌ेवादी केन्द्रका नेता आउदा पनि ताराखाेला गाउँ पालिकामा भएन उमेदवारी फिर्ता

बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन पार्टीले विवेक प्रयोग नगरि जथाभावी रूपमा टिकट दिएको भन्दै बागलुङ तारा खाेला गाउँ पालिकाका तत्कालीन गाउँ विकासका अध्यक्ष प्रकाश घर्तीले अध्यक्ष पदमा दिएको उमेदवारी फिर्ता गराउने प्रयास असफल भएको छ ।माआ‌ेवादी केन्द्रका नेता देवेन्द्र पराजुलीलाई माआ‌ेवादी केन्द्रले स्थानीय तहमा भएको विवाद मिलाउन आएका नेता रित्ताे हात फर्किएका छन् । पार्टीले ताराखाेला गाउँ पालिकामा धनबहादुर विक हिमाल लाई टिकट दिएपछि तत्कालीन अध्यक्ष घर्तीले अध्यक्ष पदमा स्वतन्त्र रूपमा उमेदवारी दिएका थिए ।निर्वाचन अधिकृतकाे कार्यालयमा नाम फिर्ता… पुरा पढौ

एमाले जिल्ला सचिव एवं मेयर उम्मेदवार केसीको ‘छाडा संवाद’ छरपस्ट, नैतिक संकटमा एमाले (भिडियो सहित)

राष्ट्रपतिको हातबाट पदक पाएको १० दिनमै पूर्वको ताप्लेजुङकी मालपोत हाकिम लेखा पनेरु रङ्गे हात समातिएको चर्चा सेलाउन नपाउँदै पश्चिममा समेत यसरी नै रास्ट्रपतिद्वारा पुरस्कृत त्यस्तै एक होनहार पात्रको चपाउने दाँत सार्वजनिक भएको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिकाका मेयर उम्मेदवारले महिलासँग छाडा सम्वाद गरेको अडियो-भिडियो आजै बाहिरिएको छ । एमाले जिल्ला सचिव र हाल मेयर उम्मेदवार रहेका सुरत केसीले एक जना महिलासँग आफूले गरेको सहवासको बारेमा छाडा सम्वाद गरेको अडियो हो त्यो । संवादमा सँलग्न महिलासँग कमरेड केसीले धेरै जना… पुरा पढौ

बागलुङ नगरपालिकामा जेठानी उप मेयर, देउरानी मेयरका उम्मेदवार

बैशाख ३० गतेहुने स्थानीय निर्वाचनमा बागलुङ नगरपालिकाको नगर प्रमुख र उप प्रमुखमा गठबन्धन दलबाट नेपाली कांग्रेस र एमाले राप्रपा गठबन्धन बाट एमालेका उमेदवार खडा भइरहेको समयमा बागलुङ नगरपालिकामा एकाघरका ,देउरानी,जेठानी , समेत नगर प्रमुख र उप प्रमुखमा उमेदवार बनेका छन् । बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा मालेको तर्फबाट नगर प्रमुखमा मन्जु क्षेत्री र उप प्रमुख पदमा जनता पार्टीका केन्द्रीय अध्यक्ष तिकल रिजालकी श्रीमति तारा कुमारी रिजालले स्वतन्त्रबाट उप मेयरमा उम्मेदवारी दिएका हुन् । मेयरमा उम्मेदवारी दिने रिजाल नेकपा मालेको केन्द्रीय सदस्य… पुरा पढौ

सामाजिक संजाल फेसबुकमा अभिब्यक्त गरिएका बिचार

ब‌‌ैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिए सैगै स्थानीय तहको निर्वाचनको सन्दर्भमा सामाजिक संजालका भित्ता यतिबेला रंगिन थालेका छन् । सामाजिक संजाल फेस बुकमा राजनीति पार्टीका समर्थक देखि संचारकर्मि लगायतका ब्यक्तिहरूले पाेष्ट गरेका बिचार हिडन खबरमा जस्ताको तस्तै प्रस्तुत गरेका छाै ।यस्तै समसामयिक बिचारहरू आगामी दिनमा समेत पाठक समक्ष पस्कने छाै । पुरा पढौ

के भन्छन् बागलुङ नगरपालिकाका मतदाता यसपटकको निर्वाचनमा

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ नगरपालिकामा चुनावी चहलपहल शुरू भएको छ । यसपटकको निर्वाचनमा पाँच दलिय गठबन्धन र एमाले राप्रपा गठबन्धन बिच चुनावी प्रतिस्पर्धा चल्ने चर्चा बिच बागलुङ नगरपालिकाका आम मतदाताको के कस्तो बिचार अभिब्यक्त गर्नुभयो त्यसलाई हामीले हिडन जन आवाज मार्फत प्रस्तुत गरेका छौ । बलराम चापागाईं बागलुङ नगरपालिका १२ यसपटकको स्थानीय तहमा उठेका जनप्रतिनिधि मध्य नगरको समुच्च विकास गर्ने, जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाउने ब्यक्ति लाई मतदान गर्ने सोच बनाएको छु… पुरा पढौ

स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न बागलुङ काँग्रेसले गर्‍यो आग्रह

नेपाली काँग्रेस बागलुङले स्थानिय तहको निर्वाचनमा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना कार्यकर्तालाई फिर्ता गर्न आग्रह गरेको छ । काँग्रेस बागलुङका सभापति जित शेरचन र काँग्रेस बागलुङ नगरपालिकाका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले छुट्टा छुट्टै विज्ञप्ती जारी गरी पार्टीको विभिन्न तह र पदमा रहेका नेता तथा कार्यकर्तालाई स्वतन्त्र उम्मेदवारको रुपमा दर्ता गरेको फिर्ता गर्न आग्रह गरिएको छ ।विज्ञप्तीमा नेपाली काँग्रेस लगायत गठबन्धनका दलबाट दिएका उम्मेदवारलाई बधाई तथा शुभकामना दिँदै जिल्लामा भएको गठबन्धन भन्दा बाहिर रहेर नेपाली काँग्रेस वा अन्य दलबाट… पुरा पढौ

एमाले गण्डकी प्रदेश सदस्यद्वय माओवादी केन्द्रमा प्रवेश

नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् । दशवर्षे जनयुुद्द र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरु माओवादी केन्द्रमा नै फर्किएको बताएका छन् । २०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता माओवादीले लडेर ल्याएको बताउँदै त्यसको बचाउका लागि पुरानै घरमा फर्किएको ददिराम अर्यालले बताए… पुरा पढौ

नगर प्रमुखका उम्मेदवार संग हिडन खवरका ७ प्रश्न

स्थानीय तहको निर्वाचन नजिकिएसँगै घरदेखि टोलका चोक चोकमा चुनावी बहस शुरू भएको छ। यस्तै बागलुङ नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिनेमध्ये यसपाली सामाजिक सञ्जाल र युवाहरुमाझ चर्चित नाम हो गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेस पार्टी प्रदेश कमिटीका कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ बौद्धिक र क्षमतावान युवा नेताको विकास प्रेमी युवाको रुपमा परिचित छन् । त्यस्तै युवा पुस्ताका मतदाताको उनी प्रति आकर्षण देखिएको छ । बागलुङ नगरपालिका उम्मेदवारबीच एकातिर गठबन्धन दल बिच प्रतिस्पर्धा नै हुने अनुमान गरिएको छ । स्थानीय सरकार भनेको विकास,… पुरा पढौ

माओवादी केन्द्र बागलुङका जिल्ला इन्चार्जको बिरूद्व नगरकमिटिको बैठक

बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनमा उमेदवार छनौट गर्दा व्यापक रूपमा चलखेल गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले माओवादी केन्द्रका इन्चार्ज बलावती शर्मा बिरूद्व बैठक बसेर लिखित रूपमा बिरोध जनाएका छन् । माओवादी केन्द्रको तर्फबाट वार्ता टोलिमा बसेका इन्चार्ज शर्माले गरेको निर्णय बिरूद्व नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नगर कमिटीका इन्चार्ज यज्ञबल्लव शर्मा बिद्रोहको अध्यक्षतामा बसेको बैठकले बागलुङ नगरपालिकाको उप मेयरको उमेदवारको निर्णय गर्दा पार्टीको नगर इन्चार्ज ,सह इन्चार्ज ,नगर कमिटीको सल्लाह र छलफल नगरी पार्टी… पुरा पढौ