जलजला गाउँपालिका: के भन्छन अध्यक्षका उम्मेदवार राजु आचार्य

-


     हिडन खबर    
     वैशाख २४ गते २०७९ मा प्रकाशित


स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छ ।
आफ्नो पक्षमा मत बटुल्न उम्मेदवार र नेताहरू मतदाताको घरघरमा डुलिरहेका छन् । ‘मेरा एजेन्डा जन पक्षीय छन, मलाई भोट दिनुहोस्, म नै हो बिकास गर्ने उम्मेदवार भन्दै आ-आफ्नै पक्षमा वकालत गर्दै मत मागिरहेका छन् ।
आम मतदाताहरुलाई कुन उम्मेदवार ठिक हो भन्नै छुट्याउनै हम्मेहम्मे परिरहेको छ ।
यसै क्रममा हिडन खबर अनलाइनले उम्मेदवारका एजेन्डा र कार्यान्वयन गर्ने आधार सहित ‘उम्मेदवार सँग जनताका प्रश्न’ कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ पर्वत जिल्लाको जलजला गाउँपालिकामा सत्तारूढ पाँच दलीय गठवन्धनको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका राजु आचार्य सँग हिडन खबरकर्मी राजेशचन्द्र राजभण्डारीले गरिएको कुराकानी: